logo

एवीसी  दशौं बर्षमा प्रवेश गरेको अवसरमा ब्युरो प्रमुख छतकुली सहित करिव डेढ दर्जन सम्मानित 

    9/5/2017 गते 00 00 मा प्रकाशित   1037   पटक पढिएको

बीरगंज १९ भदौ, एवीसी टेलिभिजनले ९ बर्ष पुरा गरी दशौं बर्षमा प्रवेश गरेको अवसरमा सात जना ब्युरो प्रमुख रिपोटर र क्याम्रा मैन सहित डेढ दर्जन सम्मानित भएकाछन । 
एवीसी टेलिभिजनले ९ बर्ष पुरा गरी दशौं बर्षमा प्रवेश गरेको अवसरमा आफनो केन्द्रिय कार्यालय काठमाण्डौको परिसरमा आयोजना गरेको एक कार्यक्रममा उनिहरुलाई सम्मान गरेको हो । 
एवीसी टेलिभिजनको १० औ बर्ष प्रवेश गरेको अवसरमा एवीसीले आयोजना गरेको उक्त बार्षिक उत्सव कार्यक्रममा बर्षकै लगनशिल कर्मचारीको रुपमा एवीसीको बीरगंज ब्युरो प्रमुख शेखर छतकुली, नेपालगंज ब्युरो प्रमुख शरण कर्मार्चाय, पोखरा ब्युरो प्रमुख एमबी आश्था, न्युज डेस्कका डण्ड गुरुगं, राजन पौडेल, टेकनिसियन ईन्जिनियर युवराज भटराई, दिपेन अधिकारी, रविन्द्र पौडेल क्याम्रामैन क्याम सुन्दर गौरो, बिनोद विक, गिता अर्याल, भवानी कार्की, रमेश कार्र्की, भानु ढकाल,  लगायतकाहरुलाई एवीसीका चेयरमेन शुभ शंकर कडेलले खाता ओढाएर सम्मानित गर्नु भएको थियो ।   
आज हाम्रो जन्मदिन । अनेकौं आरोह अवरोह पार गर्दै हामी सफलतापूर्वक एक दशकमा पुगेका छौं । गाउँ, सहर र दुनियाँ ब्युझाउने अभियानका साथ २०६५ भदौ १९ गतेबाट प्रशारण सुरु गरेको एबीसी टेलिभिजन आजबाट दशौं वर्षमा प्रवेश गरेको छ । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै वितेका ९ वर्षमा टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक तथा विश्लेषणात्मक कार्यक्रमहरु प्रशारण गरिरहेको छ ।
गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजन आज बाट १० औं बर्षमा प्रवेश गरेको छ । आज भन्दा ९ वर्ष अगाडि गाउँ, शहर र दुनियाँ बिउँझाउने अभियानका साथ भूउपग्रह प्रणाली मार्फत् एबीसी टेलिभिजनले प्रशारण सुरुआत गरेको थियो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै एबीसी टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु प्रशारण गरिरहेको छ । २०६४ साल माघ २० गते सूचना तथा सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति पाएको एबीसी टेलिभिजन हाल संसारका एक सयभन्दा बढी देशमा हेर्न सकिन्छ । टेलिभिजनलाई अहिले संसारभरका दर्शकले इन्टरनेटमा समेत हेर्न सक्ने सुविधा प्राप्त छ । एबीसी नेपाल डट टीभी लगअन गरेपछि देश दुनियाका दैनिक गतिविधिदेखि टेलिभिजनको प्रत्यक्ष प्रसारणका लाइभ कार्यक्रमसमेत हेर्न पाइन्छ भने मन परेका कार्यक्रमको रेकर्ड समेत हेर्ने व्यवस्था मिलाइएको छ ।
टेलिभिजनको शुरुवाती यात्रा सहज भएपनि त्यसपछिको यात्रा भने संघर्षमय रहेको छ । दैनिक १८ घण्टासम्म पुगेको लोडसेडिङले भने यात्रामा चुनौती थपिएको थियो । लोडसेड्रिको समस्या भने अहिले निकै न्यून भएको छ । टेलिभिजनको यात्रा आधा दशक भन्दा अघि बढ्दै जाँदा यसप्रति आम दर्शकको माया र सद्भाव झन पछि झन बढ्दै गयो ।
विभिन्न चुनौतीको सामना गर्दै एबीसी टेलिभिजनले सबै क्षेत्रका ब्यक्तिहरुबिच आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । प्रशारणको दशौंैं वर्ष प्रवेश गर्दा हाम्रा दशर्कको दायरा पनि विस्तार भएको छ । एबीसी टेलिभिजनले प्रसारणको नवौंैं वर्षको अवधिमा आफुलाई फरक समाचार च्यानल तथा लाइभ टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको छ । बितेको ९ बर्षमा एबीसी टेलिभिनजले अल्वेज फस्ट अल्वेज फास्टको सिद्धान्त अनुरुप छिटो र सही समाचार सम्प्रेषण गर्न अभ्यासरत रह्यो । बिश्वका बिभिन्न क्षेत्रका बिभिन्न घटनालाई सधैंभरि यसले आफ्नो क्यामेरामा कैद गरि दर्शकसामु प्रस्तुत गर्न सफल बन्यो । एबीसी टेलिभिजनले सबै सामाचारलाई सधै समाचारको रुपमा मात्र प्रसारण गरेन जवकी सबै समाचारहरुको गहिरो बिश्लेषण गर्दै जनताको घरघरमा पुराउन सफल बन्यो । त्यसैले हामी चुनौतीका बीच पनि अटल छौं । हाम्रो यात्रा जारी छ ।
टेलिभिजनमा सुरु देखि रहेका उत्कृष्ठ समाचार तथा समाचारमूलक कार्यक्रमहरुलाई हामीले यसपाला पनि निरन्तरता दिंदैछौं । हाम्रा १४ वटा समाचार बुलेटिन प्रत्येक पलपलको घटनाक्रमसंग नजिक रहे । शनिवारबाहेक हरेक दिन राति ९ बजे प्रशारण हुने अपरेशन विग न्यूजले समाजको व्यतिथि, विसंगतिमाथि तिखो र विश्लेषणात्मक प्रहार गरिरहेको छ । आलोचनात्मक चेतसहितको विश्लेषणले यो कार्यक्रमले पृथक भूमिका खेल्न सफल भैरहेको छ । दैनिक सांझ ७ बजे विज्ञापनरहित समाचारको प्याकेज हट न्यूज एक्सप्रेसले दर्शकमा इन्स्ट्यान्ट प्रभाव पारेकै कारण आज हामी यो स्थानसम्म आइपुग्न सफल भएका छौं ।
हाम्रा समाचारले राजधानीलाई मात्र सम्बोधन गर्दैनन् । त्यो भन्दा बढी दुरदराजका घटनाक्रममा निगरानी गरिरहेका हुन्छन् । व्यूरो रिपोर्टरले यो भूमिका अनवरत निर्वाह गरिरहेको छ । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विश्लेषणसहितको आउटलुक एबीसीको ब्राण्डका रुपमा स्थापित अन्तवार्ता कार्यक्रम बन्न सफल भएको छ । भने दैनिक रुपमा प्रसारण गरिने एबीसी वाच र स्ट्रेटटकले दैनिक घटनामा केन्द्रित रहेर विश्लेषण गर्ने काम गरेको छ । यतिमात्र होइन, हरेक आइतवार प्रशारण हुने समय चक्रले समसामयिक विषयमा जनतासंग जोडिएका सरोकारका प्रत्येक विषयलाई गम्भीरतापूर्व उठाउन सफल भएको छ । हामीले प्रसारण गर्ने कुनै पनि समाचार र समाचारमूलक कार्यक्रमहरु स्तरीय छन् भन्नेमा हाम्रो दावी सर्धै रहिरहनेछ । हरेक विहान ८स्३० बजे प्रशारण हुने क्रस चेक होस या फिल्मी दुनियाको फिल्मी फेल्म, शिक्षा सम्बन्धी जानकारी होस या शेयर बजारको उतार चढाव होस यी सबै दिशातिर भूमिका निर्वाह गर्ने काम एबीसीले गरिरहेको छ । नेपाली टेलिभिजनकै इतिहासमा शेयर बजार सम्बन्धी कार्यक्रममा हामी पायोनियर बन्न पाउंदा हामी आफै गौरवान्वित छौं । आम सर्वसाधारणलाई स्वास्थ रहन सचेतना फैलाउने कार्यक्रम आवर हेल्थले स्वास्थ्य क्षेत्रमा एउटा छुटै पहिचान बनाउन सफल भएको छ ।
पछिल्लो दिनमा लोकप्रिय बन्दै गएका कार्यक्रम नेपाली समाजमा सबैभन्दा पछि पारिएका दलित समुदायको आवाज समेटिएको दलितका आवाज र जनजातिका आवाजलाई समेट्ने समावेशी सवालले हाम्रो अभियान निरन्तर जारी राख्न मद्दत गरेका छन् । एबीसी इन्द्रणीको घिन्ताङ घिन्ताङ संगीतप्रेमी जनसमुदायको धडकन बन्दा मनोरञ्जन सम्बन्धी कार्यक्रम अप विट र फिल्मी फ्ेल्म ले टेलिभिजनमा नयाँ भुमिका बनाउन सफल भएको छ । दैनिक रुपमा बिहान प्रसारण गरिने धार्मिक कार्यक्रम ज्योतिष दर्पणले धर्म संस्कृतिको संरक्षण गर्न पनि मद्दत पुऱ्याएको छ । आफ्नो मुल मन्त्रअनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्पं्रेषण गर्नु एबीसी टेलिभिजनको मुख्य विशेषता हो, यही मन्त्रको निरन्तरताको कारण एबीसी टेलिभिजनले टेलिभिजन च्यानलहरुमा अलग परिचय बनाउन सफल भएको छ । यो परिचयलाई कायम राख्दै अझ फरक ढंगबाट आफ्ना प्रस्तुतिहरु तपाई दर्शकसामु पस्कने हाम्रो प्रयास जारी रहनेछ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।