logo

मतदाताको मन जित्न सफल बन्दै—अनिल रुगंटा 

    11/16/2017 गते 00 00 मा प्रकाशित   702   पटक पढिएको

वीरगन्ज ३० कात्र्तिक 
नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगटाले दिनप्रति दिन मतदाताको मन जित्न सफल बन्दै गई रहेका छन । 
    चुनावी अभियानलाई तिव्र बनाउदै वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ता र वडा नम्बर ३१ बेलवामा काग्रेसले बिहिबार आयोजना गरेको छुटाछुट्टै घरदैलो कार्यक्रममा प्रतिनिधि सभा पदका उम्मेदवार रुगंटा, प्रदेश सभाका सदस्य द्धय विजय सर्राफ र रामनारायण कुर्मीलाई स्थानियले भव्य स्वागत गर्न कुनै कसर बाकी राखेनन् ।
    घरदैलोमा पुगि उम्मेदवार नेताहरुले अबको राजनितिक मुलुकमा आर्थिक क्रान्ती र विकास ल्याउनको लागि हुने भएकोले आफूलाई जिताउन नेपाली काग्रेसका उम्मेदवाररुले स्थानियलाई आग्रह गरेका थिए । 
     दुईहात जोडदै घर दैलो देखि लिएर खेत खलियान सम्म पुगेका उम्मेदवारहरुलाई स्थानियले आर्शिवाद दिदै जितको अग्रिम शुभकामना सहितको बधाई दिएका छन । प्रतिनिधि सभा सदस्य उम्मेदवार रुगंटाले आफू समाजमा आमुल परिर्वतन ल्याउनको लागि तपाईहरुको घरदैलोमा आएको बताए । 
नेपाली काग्रेस बोलेर होईन गरेर देखाउने पार्टी भएको हुनाले मुलुकमा देखिएको गरिबी, अशिक्षा, वेरोजगार मेटाउनको लागि आफूहरु तपाईमाझ आएको बताउदै आशा छ कि तपाईहरु खालि हात पठाउनु हुन नेता रुगंटाले भने । 
ठूलो घराना तथा सफल उद्यमी रुगंटा घरदैलोमा पुग्नासाथ उनिसंग स्थानिय उत्साहित भएर भेटघाट गर्दै टोलमा देखिएको समस्या बारे जानकारी गराएका थिए, स्थानिय रफिक अंसारी भने आशा छ तपाई हाम्रो समस्याको सधामान गर्नु हुने छ हामी स्थानियवासी तराईलाई जिताउन कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाए । 
    विर्ता वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानुको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार रुगंटा, क्षेत्र नम्बर १ कै ख बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ, काग्रेस नेता ईश्वर भक्त श्रेष्ठ, राजकृष्ण अमात्य, श्याम पोखरेल, पार्टीका कोषाध्यक्ष ईम्तियाज आलम, क्षेत्रिय सभापती अरविन्द्र गुप्ता, तरुण दलका जिल्ला सभापती विरेन्द्र पटेल लगातका नेताहरुको सहभागिता रहेको थियो । 
त्यसैगरी वडा नम्बर ३१ बेलवाका बुथ सभापती महमद हैदर अलिको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का क बाट प्रदेश सभा पदका उम्मेदवार रामनारायण कुर्मी, वडा अध्यक्ष चुमन चौधरी महमद साहबुदिन, राजु गुप्ता, नेविसंघका राकेश यादव, दिलिप राज कार्की लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।