logo

मधेशी जनताको प्रगतीको बाधक रौनीयारलाई चिनेका छौ 

    11/28/2017 गते 00 00 मा प्रकाशित   621   पटक पढिएको

      बीरगंज १२ मंसिर । मधेशीले अधिकार नपाएको भन्दै अधिकार दिलाउन चुनावी मैदानमा उत्रिएका ठेकेदार रौनीयारको मधेश प्रेम पनि नक्कली भएको खुलाशा भएको छ ।     ६ साउन २०७४ मा मध्य पश्चिम क्षेत्रीय सडक निर्देशनालय नेपालंगजले ५ करोड ५० लाख हर्जाना ठोकेको रौनीयारको निर्माण कम्पनी पप्पु कन्ट्रक्शनले धेरै जसो निर्माणको ठेक्क मधेशमै लिएको छ । मधेशमा जनताको हितको कुरा गर्ने ठेकेदार रौनीयारले ठेक्का परेपछिको मोवलाइजेशन रकम भूक्तानी लिएर मोज  गर्छन । पर्साको क्षेत्र नं ३ मा गएर मधेशी जनतामाथि बिभेद भयो भन्छन तर उनले मेधशी जनताले पाउने सुविधा आफै बन्चित गरेर राखेका छन । ५ करोड हजर्ना तिर्नु पर्नेगरि नराम्रो काम रौनीयारले नेपालगंजमा गरेका हुन के त्यो मधेशमा पर्दैन देउरवानाका समसुदिनले प्रश्न गरे । के त्याहाको बाटोको प्रयोग मधेशी जनताले गर्दैनन उनले भने रौनीयार जनता झूक्याउन आएका हुन हामीलाई सबै कुरा थाहा छ । पूर्व पश्चिमका अनेकौ ठेक्का लिएका छन पर्सामै उनको धेरै ठेक्का छ । निर्माण गर्दैनन गरे पनि गुणस्तर हुदैन ।
    धुनषा जिल्ला भएर बग्ने कमला नदीको पूलको ठेक्का रौनीयारले ०६८ सालमा लिएका हुन । ४ सय ५० मिटर लामो पूलको ठेक्का लिएको ६ वर्ष बित्दा समेत ५० प्रतिशत पनि काम भएको छैन । २२ करोड ४ लाखको लागतमा निर्माण हुने ठेक्काको पटक पटक म्याद थप गरेर २०७३ मंसिरमा हस्तान्तरण गर्ने तय भएपनि रौनीयार बेपत्ता भएका छन । यो मधेशमा पर्दैन । मधेशी जनताको हित सम्मान र पहिचान दिलाउने रौनीयारलाई हेक्का छ की छैन मतदाताले प्रश्न गरिरहेका छन । 
    बाँके जिल्लामा बघौडा भन्ने गाउँ छ । त्यो गाउँ बुझनका निम्ति “हुम्ला जुम्ला” भन्यो भने सहजै बुझ्न सकिन्छ ।
त्यती बिकट ठाउँ जाहा आज पनि भारतीय मुद्रा चल्छ । यातायात सुविधा नचलेकै कारण यस्तो अब्यवस्था सहनु परेको त्याहाका जनताअपनि मधेशी नै हुन । सडक यातायात बनाउनका लागि  मिटर चौडा ४४ किमी सडक कालोपत्रे गर्नु पर्नेमा ठेक्का सकार गरेर रौनीयार बेपत्ता भएका छन । ३२ प्रतिशत काममा ठेक्का सकार गरेका रौनीयार कै कारण त्यस क्षेत्रका जनताले राम्रो बाटोमा हिडन पाएका छैनन । त्यो पनि मधेश नै हो ।  
रौनीयारले पर्सामा समेत आफनो प्रतिष्ठाको ख्याल गरेनन । देशब्यापी रुपमा पर्साको समेत बदनाम गराएका रौनीयारले पर्सामा पनि थुप्रै योजना होल्ड गरेका छन । तर निर्माण काम भएको छैन । जनताले तिरेको करको रकम मोवीलाइजेशनको नाममा लिएर भाग्ने गरेका रौनीयार पटक पटक दण्डीत समेत भएका छन । मधेशी जनताको प्रगती बाधकका रुपमा रहेका ठेकेदार रौनीयारले जनतालाई झूक्याउन नसक्ने भएपछि पेसाको छेलोखेलो शुरु गरेका छन । ईसिमाना 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।