logo

गृह राज्य मन्त्री श्रेष्ठबाट सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण

    8/28/2017 गते 00 00 मा प्रकाशित   639   पटक पढिएको

बीरगंज १२ भदौ, गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्नु भएको छ । 
राज्यमन्त्री श्रेष्ठले आइतबार संगठनले गरेको सम्पुर्ण काम कारवाहिको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल चौक पुगेर निरीक्षण गरी जानकारी लिनुभएको हो ।  
       मन्त्री श्रेष्ठ समक्ष त्यस अवसरमा सुरक्षा चुनौती, सशस्त्र प्रहरी बल नेपालको परिचालन तथा भौतिक साधन र जनशक्ति लगायत नागरिकको सेवा, सुरक्षा तथा सहयोग र उद्धार कार्यमा संगठनबाट भएको काम कारवाही लगायतका विविध विषयमा जानकारी गराइएको थियो । 
       श्रेष्ठले निरीक्षणपछि एपीएफ अधिकृत, विल्लादार तथा जवानहरलाई निर्देशन र सम्बोधन समेत गर्नुभयो । 
       त्यसअवसरमा उहाँले सशस्त्र प्रहरी बल महत्वपूर्ण संगठन भएको बताउनु हुँदै यस संगठनले अभावका बाबजुत कार्यक्षेत्रमा समर्पित रहँदै राष्ट्र र जनताले अपेक्षा गरेको भूमिका निर्वाह गरेको उल्लेख समेत गर्नुभयो ।
       श्रेष्ठले सशस्त्र प्रहरी बलले इतिहासको विभिन्न काल खण्डमा ऐतिहासिक भूमिका निर्वाह गरेको चर्चा गर्नुहुँदैे यस संगठन जनता र राष्ट्रको पक्षमा आफ्नो कर्तव्यमा प्रतिवद्ध रहेको बताउनुभयो । 
       स्थापनाकालदेखि अहिलेसम्म आउँदा संगठनमा कहि कतै कमजोरी नभएको उल्लेख गर्नुहुँदै उहाँले संगठनले असिमित भूमिका निर्वाह गरेर आफुलाई अब्बल सावित गरेको तथा सीमा सुरक्षा लगायतका विभिन्न जिम्मेवारीहरुमा राम्रो काम गरिरहेको चर्चा गर्नुभयो । 
       श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको काम कारवाहीमा देखिएका समस्या समाधान र आवश्यक पर्ने साधन श्रोतको व्यवस्थापनका लागि सरकार अग्रसर रहेको कुरा समेत उल्लेख गर्नुभयो । 
       सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा नेपाल सरकारले अवलम्वन गरेका नीतिहरुलाई अक्षरस पालना गर्दै संगठनले आर्थिक अनुशासन, लैंगिक हिंसा, मानव अधिकार लगायतको क्षेत्रमा शून्य सहनशिलताको नीति अख्तियार गर्दै अगाडी बढी रहेको उल्लेख गर्नुभयो । 
       जनचाहना अनुरुपको कार्यशैली अपनाई सेवा र सुरक्षा प्रदान गर्नु आजको आवश्यकता हो भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले संगठनले सरोकारवाला बिच आपसी समन्वय र सहकार्य गर्दै प्रभावकारी ढंगले कार्य गरिरहेको बताउनुभयो ।        उहाँले हालैको बाढी तथा डुवानबाट पीडित नागरीकको उद्वार तथा राहत वितरणको कार्यमा सशस्त्र प्रहरी बलको सात हजार भन्दा बढी जनशक्ति परिचालित भएको चर्चा गर्नुहुँदै उद्वार तथा राहत सँगै पीडितहरुको उपचार सेवामा समेत सशस्त्र प्रहरी बलले योगदान पु¥याएको बताउनुभयो । 
       सशस्त्र प्रहरी बलले प्राप्त जिम्मेवारीलाई पेशागत दक्षताका साथ पुरा गरिरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले आगामी निर्वाचनमा समेत शान्ति सुरक्षा कायम गर्न संगठनलाई प्राप्त जिम्मेवारी त्रुटिरहित ढंगबाट पुरा गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
          कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, पुष्पराम के.सी. नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित एपीएफ इकाईका प्रमुखहरु लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिति रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक अजय छतकुलीले जनाएकाछन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।