logo

यातायातका कर्मचारी र ट्राफिक प्रहरीले १५ हजार रुपैयामा धमाधम लाईसेन्स दिदै, खोई अख्तियार काहा छ । 

    11/19/2017 गते 00 00 मा प्रकाशित   1140   पटक पढिएको

सुदिप क्षेत्री, बीरगंज ३ मंसिर, यातायात ब्यवस्था कार्यालय नारायणी बीरगंजका कर्मचारी र ट्राफिक प्रहरीले १५ हजार रुपैया लिएर धमाधम स्कुटरको सवारी चालक अनुमती पत्र ( लाईसेन्स ) दिदै गरेको समाचार प्राप्त भएको छ ।
यातायात ब्यवस्था कार्यालय बीरगंजले केही दलालहरु र आफना मातहातका कर्मचारीहरुको माध्यमबाट स्कुटरको लाईसेन्सका लागी १५ हजार रुपैयामा पास गराईदिने भन्दै रकम असुल्न थालेका हुन ।  
यातायात कार्यालय बीरगंजका प्रमुख विश्वराज नेपालले आफना कर्मचारीहरुलाई रकम उठाउन नभनेको बताउछन । 
यातायात कार्यलयले प्रती ब्यक्ती १० देखी १५ हजार रुपैया रकम असुले पनी त्यो रकम केवल यातायातका कर्मचारीहरुले मात्र बाडफाड नगरी यो रकमहरु स्थानिय प्रहरी प्रशासन, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा बीरगंजका प्रमुख प्रहरी निरिक्षक र उनको मार्फत मध्ये क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख सम्म लाखौ रुपैया पुगाउने गर्ने गरेकाछन । 
उता यातायात ब्यवस्था कार्यालयका कर्मचारीहरुले हाकिम आएको रकम एक्लै खाने जिम्मेवारी पनी नलिने र केही तलमाथी भएभने आफुहरुको जागिर जाने भनेर नाम नछाप्ने शर्तमा एक यातायातका कर्मचारी बताउछन । बीरगंजमा बढी भ्रष्टाचार हुने कार्याहरु मध्ये यातायात कार्यालय पनी हो । यो कर्यालयमा अहिले भ्रष्टाचार बढेर यसमा कहिले अख्तियारको आखा नजानु र अख्तियार दुरुपयोग अनुसंधान कार्यालय र बिभागले जहिले नि सानातिना पदका कर्मचारीहरुलाई मात्र पक्राउ गर्ने स्थानियहरु बताउछन । 
सवारी चालक अनुमती पत्र ( लाईसेन्स ) जस्तो सुकै कडाई गर्न सि सि क्याम्रा जडान गरेपनी त्याहा हुने भ्रष्टाचार रोक्न कुनै किसिमको सम्बन्धित निकायले केही नगर्नुको पछाडी उनिहरुको पनी मिलिमतो रहेको प्रष्ट हुन्छ । जसरी सवारी चालक अनुमती पत्र ( लाईसेन्स ) लिनेहरुको दिन दिनै संख्यामा बृद्धी हुने गर्छ त्यसरी नै यातायात कार्यालय बीरगंजमा भ्रष्टाचार बढदै गएको छ । नारायणी अंचलका ५ जिल्लाको पर्सा, बारा, रौतहत, मकवानपुर र चितवनका दलालहरु मार्फत यातायातले रकम लिने गरेको आज स्थलगत रिपोटिङ्गको क्रममा ट्रायल सेन्टरमा पुग्दा एक जना युवती जो आज ट्रायल दिन आएपछी ट्रायलमा फेल पनी भईन र आपसमा कुरा गर्दै म फेल त भए तर केही छैन मैले १० हजार रुपैया एक जना दलाललाई दिएको पास भै हाल्छु भन्दै गरेको प्रष्ट सुन्न भ्याईयो । 
लाईसेन्स बितरण गर्न लामो समय सम्म आवेदन खुल्ला नगर्ने र आवेदन खुल्ला गरेपछी आवेदन दिनेहरुको भिड भएपछी ठूलो धनराशी यातायातलाई आउने गर्छ । 
बाराका एकजना दलाल मार्फत यातायातका एक कर्मचारीले प्रती ब्यक्ती १५ हजार रुपैया लिएको भरपर्दो स्रोतले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुखले प्रती महिना आवेदन खुल्ला भएको बेला १० लाख सम्म रकम लिने गरेको यातायातका एक कर्मचारीले नाम नछाप्ने शर्तमा हामीलाई बताए । यस सम्बन्धमा यातायात कार्यालयका प्रमुख संग सोधेका थियौं कि तपाईका कर्मचारीहरुले लाईसेन्स लिन आउने ब्यक्तीहरु संग पास गराई दिने भन्दै १५ हजार रुपैया लिने गरेकाछन भनेर सोध्दा कार्यालय प्रमुखको प्रतिक्रिया आउछ मैले एक पैसा लिएको छैन र त्यस्तो काम मेरो कर्मचारीहरुले गरेकाछन भने नाम बताउनुस म कारवाही गर्छु भन्दै आवेशमा आएर उल्टै सन्चारकर्मीहरुले गलत समाचार छाप्ने गरेको बताउछन । शनिवार स्थानिय अनलाई र पत्र पत्रिकामा यातायात कार्यालयको बारेमा आएको समाचारका कारण कार्यालय प्रमुख एकदमै तनावमा देखिएका एक कर्मचारीले बताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।