logo

रौनीयारको बिकासप्रेम नक्कली भएको खुल्दै

    11/23/2017 गते 00 00 मा प्रकाशित   1183   पटक पढिएको

       बीरगंज ७ मंसिर । राज्यले पटक पटक दण्डित गरेको निर्माण कम्पनी पप्पु कन्ट्रक्शनका प्रवन्ध निर्देशक हरिनारयण रौनीयार बिकास र मधेशको अधिकार आफनो एजेण्डा भन्दै जनता झूक्याउन तल्लिन छन् ।
पर्साको निर्वाचन क्षेत्र नं ३ का जनतालाई बिकासको आश्वासन बाड्ने रौनीयार नेपालकै बिकासको अवरोधक भएको जनताले चाल पाइसकेका छन् । “क”श्रेणीको ठेकेदारका हैसियतले नेपालको बिभिन्न ठाउँको भौतिक पूर्वाधार निर्माणकालागि उनले ठेक्का लिएका छन् । तर काम नगरि जनताले तिरेको करबाट संकलन भएको रकम मोविलाइजेशनको रुपमा लिएर देश र जनतालाई नै सास्ती दिएका छन । रौनीयारका नक्कली कुराले जनतामा प्रभाव पर्दैन उनकै चुनाव क्षेत्र महुवनका एक युवा नरेशले भने “पर्सा जिल्लामै उनले गरेका कामहरु आज सम्झना लायक केही पनि छैन उनी राज्यको ढुकुटी दुरुपयोग गर्ने पात्र हुन् जनताले उनलाई चिनेका छन धर्मवस्तीका रोशन भन्छन । बिकासको राग अलाप्ने रौनीयारलाई उनले “बिकास बिरोधी” भन्छन । 
ठेक्का लिएर देशको अर्वौ रुपैया “होल्ड” गर्ने मान्छेले बिकास गर्छु भन्ने कुरा पत्याउन नसकिने ति युवाको तर्क छ । मधेश आन्दोलनको हिमायती भएको देखाउन पछि नपर्ने रौनीयारले त्यो आन्दोलनलाई समेत आफनो हितका उपयोग गरेका छन । मधेशीहरुमाथि बिभेद भएको भन्दै चर्को भाषण गर्ने रौनीयारले मधेश आन्दोलन देखाएर आफनो कम्पनीलाई कारवाही हुनवाट जोगाएका छन । मधेसमा आन्दोलन चलिरहँदा रौनियार आन्दोलन बिरोधीहरुसंग पनि कुममा कुम मिलाउदै थिए । रौनीयारले बाँके जिल्लामा जमुनाह राँझ सडक निर्माणको काममा ४ महिना म्याद गुजारेर बसेका थिए । 
तर मधेश आन्दोलनका कारण काम गर्न पाइन अवरोध सृजना भयो भन्दै उनले म्याद थप गराएका थिए । २०७२ असारमा उनको म्याद सकिएको थियो । उनको म्याद सकिदा नेपालगंजमा न त आन्दोलन थियो न त नाकाबन्दी नै तर धुत्र्याई कलामा बिशेषज्ञता हासिल गरेका रौनीयारले हुदै नभएको आन्दोलनको बदनाम गरेर आफनो दुनो सोझ्याए । आज तिनै रौनीयार मधेश आन्दोलनको खुबै पक्षपोषण मात्र गर्दैन गोही आशु पनि झार्दैछन । 
बिकासको सपना बाड्ने र सबै पूर्वाधार भएपनि आफनो मात्रै बिकास गर्ने रौनीयारलाई शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले ०७२÷०७३ मा सम्झैता अनुसारको काम नगरेको भन्दै सम्झौता रकमको १० प्रतिशत ८४ लाख रुपैया जरिवाना तिराएको थियो । रौनीयारले यस्तो जरिवाना पटक पटक तिरेका छन । सप्तरीमा स्वास्थ्य चौकी निर्माणको ठेक्का लिएका थिए । बेलैमा भवनहरु नवनाएर उनले जरिवानामात्र तिरेनन् जनताको स्वास्थ्य अधिकारसंग पनि खेलवाड गरेका थिए । तिनै रौनीयार अहिले पर्साको क्षेत्र नं ३ का गाउँका सोझा साझा जनतालाई निर्माणमा लगाएको ३५ वर्षको अनुभव लगाएर बिकास गर्छु भन्दै फकाउन ब्यस्त छन । तर जनता फक्किने अवस्था भने नरहेको बिश्लेषकहरुले बताएका छन । ईसिमानाबाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।