logo

राष्ट्र संकटमा परेको बेला काङग्रेसले नै मुलुकलाई निकास दिन्छ, पुर्व मन्त्री  यादव

    11/18/2017 गते 00 00 मा प्रकाशित   792   पटक पढिएको

वीरगन्ज २ मंसिर 
नेपाली काग्रेसकी केन्द्रिय सदस्य एवम् पूर्व सभामुख चित्रलेखा यादवले दुई उग्रवादी सोचका बीच अल्झिएको मुलुकलाई निकास र समृद्धीको बाटोमा अगाडी बढाउने दायित्व काङ्ग्रेसको काधमा आएको बताउनु भएको छ ।

नेपाली काग्रेस पर्साले शनिबार परवानीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ यादवले यस्तो बताउनु भएको हो ।
        राष्ट्र संकटमा परेको बेला काङग्रेसले नै मुलुकलाई निकास दिएको सर्मण गराउदै उनले बाम उग्रवाद र मधेसी उग्रवादको भुमरिबाट मुलुकलाई जोगाउदै समृद्धी राष्ट्र बनाउने दायित्व पूनः काग्रेसको काधमा आएकाले राष्ट्र रक्षाका लागि नेपाली काङ्गे्रसलाई सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।
       कार्यक्रमलाई सम्बोध गर्दै पूर्व शिक्षा मन्त्री समेत सहनु भईकी नेतृ यादवले सबै राजनीतिक दल तथा देशकै राजनीतिक गुरु नेपाली काङ्ग्रेस नै रहेको दावी गरिन । उनले भनिन राष्ट्रमाथि संकट र लोकतन्त्र नै खतरामा रहेको बेला मुलुकमा राजनीतिक स्थिती बचाउदै लोकतन्त्रका लागि सात दशक देखि अन्वरत रुपमा संर्घष गर्दै आएको काग्रेसलाई मतदान गरी राष्ट्र रक्षाको अभियानलाई मद्दत गर्न सबैलाई अपिल गरिन । 
    महिला नेतृ यादवले भनिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड देशको नायक होईन खलनाय हो । मधेशको माग पुरा गर्छु भनि आफू प्रधानमन्त्री बन्न मधेशवादी दललाई झुक्याई बहुमत जुटाउन खोजेपनि काग्रेसले सविधान संशोधन गर्ने पक्षमा रहेको हुनाले र माओवादी सविधान संशोसन गर्न नदिनकै लागि एमालेका अध्यक्ष केपी ओलि संग गठबन्धन गरी लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेका आरोप लगाउनु भयो । 
       कार्यक्रममा नेपाली कांग्रेस पर्साको  निर्वाचन क्षेत्रनम्बर १ बाट प्रतिनिधी सभाको उम्मेदवार रहेका वरिष्ठ उद्योगपति अनिल रुङ्गटाले संविधान संशोधन गरी मधेसीलाई अधिकार सम्पन्न बनाउने मधेसवादी दलको हैसियत नरहेको बताउनु भयो । उहाले पाच दश सिटले संविधान संशोधन हुन नसकिने जानकारी दिदै रुङ्गटाले मधेसीको अधिकार कांग्रेसले नै संविधान संशोधन गरी दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
    मधेशी पार्टीलाई लक्षित गर्दै उनले भने दश बाह्र वटा सिट पाउदैमा मधेश र मधेशको हकअधिकार सुनिश्चित हुन सक्दैन त्यसको लागि राष्ट्रिय पार्टी काग्रेस नै चाहिन्छ भने । मधेशलाई अधिकार सम्मन्न बनाउन काग्रेसको बहुमत हुन आवश्यक रहेको हुनाले काग्रेसलाई मत दिएर बहुमत पु¥याउन सवैलाई रुख छापमा मत दिन आग्रह समेत गर्नुभयो । कार्यक्रममा माओवादी, राप्रपा, फोरम, एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली काग्रेसमामा प्रवेश गरेकाहरुलाई नेतृ यादव लगायतका नेताहरुले अविरको टिका तथा फूलको मालालगाई पार्टीमा स्वागत गरेका थिए । 
    वडा अध्यक्ष हबिब मियाको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा पार्टीका जिल्ला सभापती अजय दुवेदी, प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मी, नेता ईश्वरभक्त श्रेष्ठ, श्याम पोखरेल, प्रकाश उपाध्याय, तरुण दलका जिल्ला सभापती विरेन्द्र पटेल, क्षेत्रिय सभापती अरविन्द गुप्ता  लगायतले सम्बोधन गर्दे नेपाली काग्रेसलाई नै विजय गराउन रुख छापमा मतदान गर्न सवैलाई आग्रह गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।