logo

वीरगन्जको वडा नम्बर १४, १५, १६ र २१ मा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु २ हजार भन्दा बढी काग्रेसमा प्रवेश

    11/18/2017 गते 00 00 मा प्रकाशित   835   पटक पढिएको

वीरगन्ज ३ मंसिर 
प्रतिनिधि सभाको चुनाव नजिक्दै जादा नेपाली काग्रेसमा प्रवेश गर्नेको लहर निरन्तर बढदै गई रहेको छ । मुलुकलाई काग्रेस पार्टीले नै सहि दिशातर्फ लैजान सक्ने एक मात्र पार्टी रहेको हुनाले काग्रेसमा प्रवेश गर्नेको लहर बढदै गई रहेको छ । शनिबार मात्रै करिब २ हजार भन्दा बढी विभिन्न पार्टीका नेता कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेका छन । 
    नेपाली काग्रेसले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४, १५, १६ र २१ मा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा स्थानिय निकायको चुनावमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिई झिनो मतबाट पराजित भएका व्यक्ति देखि लिएर वडाका चिर परिचित व्यक्तिहरु काग्रेसमा प्रवेश गरेका छन ।
    वडा नम्बर १४ पिप्राका आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा हालै सम्पन्न भएको स्थानिय निकायको चुनावमा स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिई झिनोमतले पराजित भएका कृष्ण कुमार कुर्मी(भटराई) सहितका नेता कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेका छन । 
    एमाले निकट युथ फोर्सका जिल्ला सदस्य एव जिल्ला खेलकुद विकास समितिका पूर्व सदस्य राजेश पटेल, स्थानिय उद्योग पति अबुल खैर अंसारी, फोरम नेपालका महिपाल पटेल, स्थानिय अगुवा नेता पारस प्रसाद कुर्मी, अशोक प्रसाद कुर्मी, लक्ष्मी साह लगायतको नेतृत्वमा रहेको करिब ५ सय भन्दा बढी महिला तथा युवा पुरुषहरु काग्रेसमा प्रवेश गरेका छन ।     
    त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा डाडामा काग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा करिब ३ सय भन्दा बढी महिला पुरुषहरु काग्रेसका प्रवेश गरेका छन । भिस्वाका महिला अगुवा उषा पटेल, तारा लामा, सुनिता देवि, सिता श्रैष्ठ, उपेन्द्र सिंह, अवधेश सिंह, बाबुलाल यादवको छुटाछु¤ै नेतृत्वमा आएका सयौ महिला, पुरुष तथा युवाहरु काग्रेसमा प्रवेश गरेका छन । 
    त्यसैगरी वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ नगवा र ईनर्वामा पनि आयोजना गरीएको छुटाछु¤ै पार्टी प्रवेश कार्यक्रममा ५ सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरी काग्रेसमा प्रवेश गरेका छन । 
    नगवाका बुथ सभापती बाबुनन्द चौरसियाको नेतृत्वमा रहेका २ सय ५० भन्दा फोरम नेपाल, माओवादी, एमालेका नेता कार्यकर्ताहरु काग्रेसका प्रवेश गरेका हुन । यसैगरी ईनर्वामा स्थानिय निकायको चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिई करिब एक सय भोटले पराजित भएका महमद असाब आलमको नेतृत्वमा रहेको करिब ५ सय भन्दा बढी कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेका थिए । 
    त्यसैगरी वडा नम्बर २१ परवानीपुरमा पनि बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष हबिब मियाको सभापतीत्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा करिब ३ सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताहरुलाई काग्रेसमा भित्रियाएका हुन । 
    नव प्रवेशिहरुलाई नेपाली काग्रेसका महिला नेतृ एव पूर्व उपसभामुख चित्रलेखा यादव, पार्टीका जिल्ला सभापती अजय चौरसिया, पर्सा क्षेत्र नम्बर १ का सासंद उम्मेदवार अनिल कुमार रुगंटा, क बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मी, ख बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ तथा पार्टी नेताहरुले नव प्रवेशिलाई गम्छा ओढाई फुलमालाका लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए ।     
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।