logo

 वीरगन्ज माहानगरपालिका ३०मा पुन मतगणना गर्न कांग्रेसको माग 

    9/21/2017 गते 00 00 मा प्रकाशित   519   पटक पढिएको

वीरगन्ज ५ असोज, वीरगन्ज महानगरपलिकाको वडा नम्बर ३० मा पुनस् मतगणना गर्न माग गर्दै चार वटा दलले माग गरेका छन्। नेकपा एमालेका अमानत अन्सारी वडा अध्यक्षमा निर्वाचित भइसकेको वडा नम्बर ३० को मतगणना फेर गर्न माग गर्दै नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपाले बिहिबार साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन्।
 
वडा नम्बर ३० को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार अली हुसेन देवानलाइ ११ मत अन्तरले पराजित गर्दै एमालेका अन्सारी विजयी भएको घोषणा बुधबार राति ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो।
बिहिबार पुन मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटै दलका वडा अध्यक्षका उम्मेदवारले निवेदन दिएलगत्तै काँग्रेस पर्साका सभापति एंव वीरगन्ज महानगरपालिकाको मेयरका उम्मेदवार अजय द्विवेदीले पत्रकार सम्मेलन गरेर वडा नम्बर ३० को मतगणना पुन गर्न माग गर्दै निवेदन दिएको जानकारी गराए।
बुधबार राति निर्वाचन कार्यालयका कर्मचारीहरुले नै वडा अध्यक्षमा एमालेका उम्मेदवार अन्सारीलाइ चार मतको अन्तरले पाजित गर्दै काँग्रेसका उम्मेदवार देवान निर्वाचित भएको भनेर जानकारी गराएको र त्यसकै आधारमा सन्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरिसकेको अवस्थामा आधा घण्टा पछि मुख्य निर्वाचन अधिकृतले एमालेका उम्मेदवार अन्सारी विजयी भएको घोषणा गरेपछि आफुहरुमा शंका उत्पन्न भएको द्विवेदीले बताए।
बुधबार राति काँग्रेसको उम्मेदवार विजयी भएको समाचार पनि जताततै आइसकेको थियो, एमालेका साथीहरुले पनि हामीलाइ बधाइ दिइरहेका थिए, द्विवेदीले भने, ुतर आधा घण्टापछि अचानक एमालेका उम्मेदवार विजयी भएको घोषणा गरियो, त्यो आधा घण्टाको अवधीमा एमालेका सांसदहरु र नेताहरु आएर निर्वाचन अधिकृतहरुलाइ भेट्नु भएको रहेछ, त्यसका कारण हामीलाइ शंका भएको छ।ु
पुनस् मतगणनाका लागि चार वटा दलका उम्मेदवारले निवेदन दिएको भन्दै द्विवेदीले भने, ुयस बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले के गर्छ, त्यसपछि हामीले कानूनी उपचार खोज्छौं।ु उनले ३० नम्बर वडाको विवादको विषयलाइ लिएर अन्य वडाको मतगणना भने नरोक्ने स्पष्ट पारे।
बुधबार राति मुख्य निर्वाचन अधिकृतको कार्यालयले वीरगन्ज महानगरपालिका वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका उम्मेद्वार अन्सारी ४६६ मतका साथ विजयी भएको घोषणा गरेको थियो ।उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका देवानले चार सय ५५ मत प्राप्त गरेका हुन्।
दुइ हजार ३२ मतदाता रहेको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा सोमबार भएको निर्वाचनमा एक हजार सात सय २४ मत मात्र खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा अध्यक्षमा एमालेका उम्मेदवार अन्सारी विजयी भएको घोषणा गर्नु अघि भने वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार देवान चार सय ५० मतका साथ विजयी भएको भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले सन्चारकर्मीहरुलाइ जानकारी दिएका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा अध्यक्षमा एमालेका उम्मेदवार अन्सारी विजयी भएको घोषणा गर्नु अघि अन्सारी स्वंयले पनि सन्चारकर्मीका सामु आएर आफुलाइ मतगणनामा खटिएका कर्मचारीहरुले मत गन्ने क्रममा गोलमाल गरि हराएको गुनासो गरेका थिए।
सोमबार भएको निर्वाचनमा वडा नम्बर ३० मा एक हजार सात सय ६६ मत खसेको भएपनि मतगणनाका क्रममा कर्मचारीहरुले एक हजार सात सय २४ मत मात्र खसेको बताएको अन्सारीले बताएका थिए।
मतगणनामा कर्मचारीहरुले गोलमाल गरेर मत गणना गरिरहदा आफना प्रतिनिधीले विरोध जनाएपनि मतगणना स्थलामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले धम्की दिएर जबरजस्ति मुचुल्कामा सहीछाप गर्न लगाएको अन्सारीले बताएका थिए। बिहिबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस सभापति अजय द्विवेदी। श्रोत अन्नपुर्णा पोष्ट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।