logo

संकल्प पत्र मार्फत जनता ढाँट्दै ठेकेदार रौनीयार

    11/29/2017 गते 00 00 मा प्रकाशित   925   पटक पढिएको

बीरगंज १३ मंसिर
       ०७३ चैत ८ गते सम्म ठेकेदार हरिनारायण रौनीयार नेपाली कांग्रेसमा आवद्ध थिए । जतिवेला उपेन्द्र यादवको हातबाट उनले टिका लगाईरहेका थिए । उद्धघोषकले कांग्रेस परित्याग गरि हरि नारायण रौनीयार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको घोषणा गरिरहेका थिए । नेपाली कांग्रेसको नजिक रहेर सत्ता र शक्तिको प्रयोगले सरकारलाई सताउदै आएका रौनीयार यतिवेला मेधशीको सच्चा हिमायती भएको देखाउने असफल प्रयास गर्दै छन ।
मधेश आन्दोलनमा जतिवेला सडकमा युवाहरुको टाउको र छातीमा गोली लाग्दै थियो । रौनीयार गोली चलाउन सत्तामा आसीन नेपाली कांग्रेसको बफादार सदस्य थिए । तर उनले पर्साको क्षेत्र नं ३ का जनतालाई झूक्याउन निकालेको संकल्पपत्रमा आफू कांग्रेसमा संगठीत रहेको कुरा कतै उल्लेख गरेका छैनन । नेपालकै “क” श्रेणीको ठेकेदार भएका रौनीयारले जारी गरेको संकल्प पत्र ठोस छैन हावादारी छ ।
ढाँटेको कुरा काटन मिल्दैन भने जस्तै आफनो ब्यवसायीक कार्य सम्पादनमा कहिल्यै गुणस्तरीय काम नगरेका रौनीयारले गुणस्तरलाई प्रथामिकता दिन्छु भन्ने कुरा संकल्प पत्रमा लेखेका छन जुन पढ्दा त राम्रो लाग्छ तर ब्यवहारमा उनले त्यस्तो गरेको तथ्य कमै छ । नयाँ सडकका योजनाहरुलाई प्रथामिकता भनेका छन । भएकै सडकको राम्रो गति छैन । नयाँ सडकका कुरा धरातलीय यर्थाथतासंग मेल खाने देखिदैन । पर्सा जिल्लामा सडक संजालले सबै गाउँ र बस्तीलाई छोएकै छ । नयाँ सडक संजालको तिब्र बिस्तार गर्नै पर्दैन । त्यती मात्र होइन रौनीयारकै पप्पु कन्ट्रक्शनले पर्साको सडक स्तरोन्नतीको लागि काम गर्दा पर्साका सडकहरु झन बिगारेका छन । रौनीयारको यस्तो कामको बिरुद्ध पर्साको जनता सडक खण्डको टेढामा जनता सडकमा उत्रिएका थिए । प्रहरीले जनताको अवरोध हटाउनु परेको थियो । पोखरिया र बहुदरामाईलाई नमुना शहरका रुपमा बिकास गर्ने भनिए पनि त्यो कसरी गर्ने भन्ने कुरा संकल्प पत्रमा छैन ।
आधारहिन रुपमा शहर नमुना बन्ने पनि होइन । नमुना शहर बनाउन यसो गर्छौ भनेर लेख्न नसक्नेले काम गर्छ भन्ने कुरा पत्याउन सक्ने आधार हुदैन । लोडसेडिङ अन्त्यको कुृरा संकल्प पत्रमा उल्लेख छ । के रौनीयारले आफनो क्षेत्रमा थर्मल प्लान्ट जडान गर्नेछन वा बिधुत उत्पादनको स्टेशन बनाउने छन ।
यो दुबै सम्भावना देखिदैन यस्तोमा लोडसेडिङ मुक्त गर्छु भन्नु हावा बाहेक के हुन सक्छ राष्ट्रिय उत्पादनमै उर्जाको आपूर्ती बढेपछि रौनीयारले भन्नै पर्दै आफै लोडसेडिङको अन्त्य हुन्छ । शहर गाउँ वीच सडक यातायातको सहज सम्पर्कको स्थापना गर्ने संकल्प पत्रमा लेखेका छन ।
जनता रोड खण्डको टेढामा गुणस्तरहीन काम गरेपछि रौनीयार बिरुद्ध टायर बालेर बिरोध गरेका थिए । प्रहरीले टायर निभाएपछिको तस्विरः तस्विर इसीमान
जनतारोड खण्डको टेढामा गुणस्तरहीन काम गरेपछि रौनीयार बिरुद्ध टायर बालेर बिरोध गरेका थिए । प्रहरीले टायर निभाएपछिको तस्विरः तस्विर इसीमान
रौनीयारलाई पर्साको सडक संजालको बारेमा ज्ञान छैन भन्ने कुरा उनको यही हावादारी योजनाले पुष्टी गर्छ । यातायातमा जेष्ठ नागरिक र बिद्यार्थीहरुलाई अहिले नै सहुलीयतको ब्यवस्था छ । रौनीयारले अहिले भएको भन्दा कस्तो ब्यवस्था गर्न खोजेका हुन त्यो उल्लेख छैन । वा संकल्प पत्र बनाउनेहरुलाई यो सहुलियतको बारेमा ज्ञान छैन ।
यातयातका साधनको पर्याप्त ब्यवस्था गर्ने संकल्प पत्रमा उल्लेख छ । के रौनीयारले साधनहरु किनेर दिने हो र भोली कुनै नागरिक एउटा यातायातको साधन चाहियो भनेर गयो भने रौनीयारको जवाफ के हुनेछ जग्गा धितो राख्न ऋण लेल अनी सवारी साधन किन भन्ने हुन्छ की अरु केही स्वभाविक जिज्ञासा उठन थालेको छ ।

नेपाल सरकारले सामुदायीक बिद्यालयको शिक्षा नै निशुल्क बनाएको छ । रौनीयारलाई यो पनि थाहा छैन । देशकै अव्वल दर्जाको निर्माण ब्यवसायी भएका रौनीयार राज्यले बिभेद ग¥यो भन्दै कुर्लन्छन । तर राज्यले के दियो भन्ने बारेमा जानकारी राख्ने जाँगर समेत चलाउदैनन । अनि जनतालाई झूक्याउन सकिन्छ कि भनेर सरकारले निशुल्क बनाई सकेको शिक्षालाई निशुल्क गर्छु भन्छन ।
ठेकेदारी गर्दा राज्यको अर्वौ रुपैया होल्ड गरेर बसेका रौनीयार पटक पटक दण्डीत पनि भएका छन । अव पनि उनी दण्डीत हुने लाईनमै छन । त्यसबाट बाँच्न सासद हुन खोजेका रौनीयार मानसिक रुपमा बिक्षिप्त भएर पनि होला यस्ता कुरा लेखेर आफनो संकल्प सार्वजनीक गरेका छन । शिक्षित बेरोजगारलाई बिना धितो ऋणको पहल भनेक छन । भोली उनले जनतालाई जवाफदिदा “मैले पहल गर्छु भनेको थिए गरे तर हुन सकेन भन्ने ”जवाफ दिने छन । अर्को कुनेै बिकल्प उनीसंग रहने छैन । किन भने उनको संकल्प पत्रमा उनले गर्न सक्ने काम केही छैन ।
धेरै कुरा पहिला नै भइसकेका छन । जनतालाई झूक्याउनका लागि मात्र उल्लेख गरिएको संकल्पले रौनीयारलाई जिम्मेवार र जवाफदेही बनाउदैन । संकल्प मार्फत उनले उम्किने बाटो मात्र खोजेका छन । ईसिमाना

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।