logo

खोजी तथा उद्धार कार्यमा उपयोगी सर्भिलेन्स रोवोट सशस्त्रलाई हस्तान्तरण

    8/31/2017 गते 00 00 मा प्रकाशित   909   पटक पढिएको

बीरगंज १४भदौ, सशस्त्र प्रहरी बल नेपाललाई जिबिएस (गणेश बिक्रम सिंह) ग्रुप काठमाडौंले एउटा सर्भिलेन्स रोवोट प्रदान गरेको छ ।
    सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रम बीच सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सो ग्रुपका इन्जिनियर गणेश बिक्रम सिंह आले र इन्जिनियर यज्ञप्रसाद देवकोटाले उक्त रोवोट हस्तान्तरण गर्नु भएको हो । 
    विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरीको भूमिका सराहनीय रहेको भन्दै सो ग्रुपले विपदमा विभिन्न बस्तु स्थितिका बारेमा जानकारी दिन सक्ने रोवोट एपीएफ टोलीलार्ई प्रदान गरेको हो ।
    सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो कार्यक्रममा विपद लगायतका घटनामा खोजी तथा उद्धार कार्यमा यस्ता उपकरण उपयोगी रहने उल्लेख गर्नु हुँदै यस रोवोटको प्रयोगबाट सशस्त्रले व्यावसायीक काम कारवाहीमा सहयोग पुग्ने बताउनुभयो ।
    श्रेष्ठले उद्धार तथा मानवीय सेवा र सुरक्षा कार्यमा समेत यस किसिमको प्रविधि सहयोगी रहने विश्वास व्यक्त गर्नुहुँदै संगठनले उक्त रोवोटलाई सिर्जनात्मक ढंगबाट निरन्तर रुपमा प्रयोगमा ल्याइ नागरिकको सेवामा योगदान पु¥याइ रहने उल्लेख गर्नुभयो ।
    चितवनको कुरिनटारमा विपद व्यवस्थापन तालिम केन्द नै स्थापना गरेर संगठनले विपद व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको उल्लेख गर्नुहुँदै महानिरीक्षक श्रेष्ठले आफ्ना विभिन्न इकाईहरुमा विपद व्यवस्थापन टोली तैनाथ गरेको समेत बताउनुभयो । 
    बलको प्रधान कार्यालयमा रहेको विपद व्यवस्थापन महाशाखाले विपद प्रकोपको अवस्थामा सरोकारवालाहरु सँग आवश्यक समन्वय र सहकार्य गरी कार्य गर्दै आएको उल्लेख गरेको श्रेष्ठले भन्नुभयो  ‘एपीएफलाई सहयोग गर्नु भनेको देश र जनतालाई सहयोग गरे सरह हो, जनस्तरबाट संगठनको कामको प्रसंशासहित हुने यस्ता सहयोगले हामीलाई दायित्व निर्वाह गर्नमा उर्जा मिल्ने टिप्पणी गनुभयो ।’ 
    जिबिएस ग्रुपका इन्जिनियर यज्ञप्रसाद देवकोटाले नेपालमा भूकम्प लगायत अन्य विपदको अवस्थामा सशस्त्रको भूमिका उत्कृष्ट देखिएको बताउँदै सोही कारण आफूहरुले सो रोवोट प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले उक्त रोवोट करीव दुई लाख रुपैयाँको लागतमा तयार गरेको कुरा समेत बताउनुभयो ।
    इन्जिनियर देवकोटाले नेपाली बजारमा पाइने सामाग्रीहरुलाई उपयोग गरी बनाइएको उक्त रोवोट मुख्यतया खोज तथा अनुसन्धानको लागि उपयोगी रहेको चर्चा समेत गर्नुभयो । 
    करीव दुई सय मिटर दुरीसम्म वायरलेस अपरेट गर्न सकिने सो रोवोटको प्रयोगले विपदस्थल, घटनास्थल र संकास्पद वस्तुस्थितिको बारेमा जानकारी हासिल गर्न सहयोग पुग्ने बताइएको छ । क्यामरा जडित सो रोवोट करीव ३ केजी तौलको रहेको छ । 
    नेपाली इन्जिनियरहरुको समूहले उच्चस्तरीय प्रविधिको उपयोग गरी निर्माण गरेको सो रोवोटको प्रयोगबाट विपद व्यवस्थापन तथा अन्य सुरक्षा कार्यमा उपलब्धीमूलक सफलता हासिल गर्न सहज हुने चर्चा समारोहमा गरिएको थियो । 
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा र पुष्पराम के.सी. लगायत बलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौका सशस्त्र प्रहरी नायव उपरिक्षक अजय छतकुलीले बताउनुभएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।