logo

३ करोड फिरौती असुल्न भारतीय ब्यापारीको अपहरण अपहरणमुक्त गराइए भारतीय ब्यापारी,२ थान कटुवा पेस्तोलसहित संलग्न ३ पक्राउ

    10/21/2017 गते 00 00 मा प्रकाशित   632   पटक पढिएको

राजविराज ४ कार्तिक, २०७४ गत असोज २९ गते सप्तरीको कञ्चनरुप नगरपालिकाबाट अपहरणमा परेका भारतीय कपडा ब्यापारी अमित शारदालाई सप्तरी प्रहरीले शुक्रवार राति अपहरणकारीको कब्जावाट सकुशल मुक्त गराएका छन् । 
सप्तरीको कञ्चनरुप नगरपालिका १२ सितापुरवाट ब्यापारी शारदालाई अपहरणकारीको कब्जावाट सकुशल मुक्त गराइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । अपहरणकारीले ब्यापारी शारदालाई राखेको स्थानको वारेमा गोप्य सुचना आएपछि प्रहरीले उनलाई राखिएको स्थानलाई घेरा हालेपछि अपहरणकारीको कब्जावाट उनलाई मुक्त गराउन प्रहरी सफल भएको हो । अपहरणकारीहरुले ब्यापारी शारदालाई कंचनरुप नगरपालिका १२ स्थित अम्बरबहादुर मगरको घरमा बन्धक वनाएर राखेका थिए । सोही घरलाई घेराहाली प्रहरीले उनलाई मुक्त गराएको हो । 
ब्यापारी शारदालाई अपहरणमुक्त गराउने क्रममा प्रहरीले संलग्न ३ जनालाई २ थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिए । अपहरणका सल्गन भएको आरोपमा प्रहरीले कंचनरुप ४  का अमरनाथ विश्वास, वडा नम्बर ७ का पशुपति भनिने पुस्कर महतो तथा वडा नम्बर ६ का शैलेन्द्रकुमार गुप्तालाई नियन्त्रणमा लिइएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीमा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरियो । सोही पत्रकार सम्मेलनमा अपहरणमुक्त भएका ब्यापारी शारदालाई समेत उनको परिवारको जिम्मा लगाईयो । प्रहरीले ब्यापारी अपहरणमा प्रयोग गरिएको डिएल थ्री सि एए ८८५६ नम्बरको भारतीय नम्बर प्लेटको सेन्ट्रो कार समेत नियन्त्रणमा लिएको छ । 
ब्यापारी शारदाको अपहरण फिरौती असुलीकै लागि गरिएको प्रारम्भिक अनुसन्धानवाट देखिएको एसपी सिंहले जनाए । ३ करोड फिरौती माग गर्ने र आएको रकम आफुहरुले बाडफाड गर्ने योजना अपहरणकारीहरुको रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ । अपहरणमुत्तस् भएका ब्यापारी शारदाले आफू रकम असुली गरि भारतीय बजार भिमनगर तर्फ फर्किने तयारीमा रहेका बेला कञ्चनपुरको हटिया नजिक जवरजस्ती भारतीय कारमा हालेर बेपतत्ता बनाएको र पछि अपहरणमा परेको थाहा पाएको सुनाए । 
सुनसरीसित सिमा जोडिएको भिमनगर वजारमा कपडाको ब्यापार गर्दे आएका भारतीय ब्यापारी ३३ वर्षिय अमित शारदाको अपहरण भएको थियो ।  शारदाका दाजु जुगलकिसोर शारदाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गराउदै आफना भाई गत असोज २९ गतेदेखी नै फेला पर्न नसकेको बताएपछि उनको खोजीमा सप्तरी प्रहरी जुटेको थियो । 
सिमावर्ती वजार भिमनगरमा कपडाको ब्यापार गर्दै आएका अमितको कारोवार नेपाली ब्यापारीहरुसित पनि थियो । सोही क्रममा असोज २९ गते रकम असुलीका लागि उनी मारुतीमा सवार भई सप्तरीको कंचनपुर आएका थिए । असुलीका लागि कंचनपुर आएका उनी घर नफिर्कएपछि परिवारले अपहरण भएको अनुमान गरेका थिए । ईकान्तिपुर प्रकाशित कार्तिक ४, २०७४


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।