logo

८ कक्षा फेल भएका उम्मेदवारले कुनै विकास गर्न सक्दैन, उम्मेदवार रुंगटा

    12/1/2017 गते 00 00 मा प्रकाशित   1449   पटक पढिएको

वीरगन्ज १५ मंसिर 
पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार नेपाली काग्रेसका नेता अनिल रुंगटा र प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफले शुक्रबार वीरगन्जमा घरदैलो तथा चुनावी सभा गरेका छन । उम्मेदवार द्धय रुंगटा र सर्राफले वीरगन्ज ८ गहवामा घरदैलो र सुखचैनामा चुनावी सभा मार्फत मतदातालाई नेपाली काग्रेसमा भोट दिई आफनो भविष्यलाई सुनिश्चित गर्न आग्रह गरेका हुन ।
    समाजलाई रुपान्तरित गर्नको लागि निस्वार्थ रुपमा राजनितिकमा लागेको बताउदै उम्मेदवार द्धय रुंगटा र सर्राफले समाजको आर्थिक उन्नतिलाई बढाउदै विकास निर्माणको योजना ल्याउनको लागि अघि बढेको बताए । हाम्रो समाज धेरै पिछिडिएको छ, विगत २० बर्ष देखि समाजको विकास हुन सकेको छैन, जो नेता आउछ आश्वासन दिएर जान्छन नेता रुंगटाले भने आफू आश्वासन दिन होईन काम गर्न तपाई माझ आएको हो एकपल्ट सेवा गर्न मौका दिनुस् म काम गर्न तयार छु । 
    नेता रुंगटाले भने वीरगन्ज अहिले नामको लागि मात्र आर्थिक राजधानी हो तर काम छैन, विगतको लगातार बन्द हडताल र लामो समय सम्म नाका बन्दीले गर्दा उद्योग उद्योगिहरु अन्यन्त्र सरेका कारण यहा आर्थिक रुपमा सम्पन्न छैन । उनले भने सुरक्षाको अनुभुति सहित बन्द हडताललाई पूर्ण रुपमा बन्द गरी यहा बाट पलायन भएका उद्योग उद्योगिलाई पुर्नस्थापना गरी वीरगन्जलाई सबल रुपमा आर्थिक राजधानी बनाउने विश्वास दिलाउनु भयो । 
    अहिले मधेश आन्दोलनको कुरा गर्ने ०६३ को प्रथम मधेश आन्दोलनमा कहा थिए ? प्रथम मधेश आन्दोलन ताका पूर्वराजाको मन्डले पार्टीको झोला उठाउदै हिडने अहिले आएर आफूलाई मधेशको मसिहा भन्ने, विपक्षीसंग प्रति प्रश्न समेत सासंद उम्मेदवार रुंगटाले गरे । 
    पूर्व सांसद समेत रहेको उम्मेदवार रुंगटाले भने फोरम नेपालका उम्मेदवार संग कुनै एजेन्डा छैन, यदि एजेन्डा नै छ भने कक्षा ८ फेल भएका नेता संग कस्तो एजेन्डा होला तपाई हामी सहज अनुमान गर्न सक्छौ । मधेशी नेताहरुले मधेशी जनतालाई भ्रमित पारी भोट बटुल्ने काम गरी रहेका छन उनले भने मधेश र मधेशीको हकअधिकार सुनिश्चित सहित समग्र मधेशकै विकास गर्ने जिम्मेवारी नेपाली काग्रेसको काँधमा आएको हुनाले कसैको भ्रममा नपर्न आग्रह गर्दै नेपाली काग्रेसका उम्मेदवारलाई भारी बहुमतले विजय गराउन सम्पूर्ण नगरवासी संग आग्रह गर्नुभयो । 
    बुथ सभापती रितेश साह कानुको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका सभापती अजय दुवेदी, नेता राजकृष्ण अमात्य, ईश्वरभक्त श्रेष्ठ, प्रकाश उपाध्याय, पूर्व राज्य मन्त्री दुर्गा देवी महतो, नगर अध्यक्ष भोला साह कलवार, नेता राजु गुप्ता, रविन्द्र ठाकुर, राजेन्द्र श्रेष्ठ, नेविसंघका राकेश यादव, दिलिपराज कार्की, राहुल कर्ण लगायत स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।