logo

सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई सम्पन्न 

    २०७८ सावन १० गते ०५: ०७ मा प्रकाशित   347   पटक पढिएको

कृष्णा यादव 
बीरगंज १० श्रावण 
पोखरी उत्खननका लागी सार्वजनिक सुनुवाई सम्पन्न भएको  छ । 
पर्साको सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ स्थित खलकाटोलामा नारी मत्स्य तथा पशुपालन फर्म प्रा लिको नाममा रहेको जग्गामा पोखरी खन्नका लागी शनिवार भएको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । 
जिल्ला पर्सा साविक मधुवन मथवल गाउपालिका हाल पर्साको सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ स्थित खलकाटोलामा रहेको नारी मत्स्य तथा पशुपालन फर्म प्रा लि को १२ बिघा १ कठ्ठा १७ धुर जग्गामा माछा पालनका लागी पोखरी निर्माण गर्न सो जग्गामा उत्खनन हुने गिट्टी वालुवा बिक्री गर्नका लागी आवश्यक पर्ने प्रारम्भिक बाताबरणिय परिक्षण आर्ईईई प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाई शनिवार सो वडाका जनप्रतिनिधीहरु स्थानिय भद्र भलादमी, स्थानिय प्रहरीको उपस्थितीमा सम्पन्न भएको थियो । 
सो कार्यक्रममा बोल्दै सुनरस कन्सलटेन्सी बीरगंज १६ पर्साका प्रबन्धक तथा पुर्व डिओफो शम्भु शरण चौरसियाले कुनैपनी स्थानमा पोखरी खन्दा वा उत्खनन गर्दा बाताबरणमा असर नपर्ने र सो स्थानका स्थानियहरुले रोजगारी पाउने स्थानिय गाउपालिकाहरुको राजश्वमा बृद्धी हुने बताउनुभयो । 
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रबन्धक चौरसियाले कुनैपनी बिकाश कार्य गर्दा बाताबरणमा असरहरु पर्ने नै हुन्छ ?त्यस कारण यस प्रकारको पोखरी खन्दा पनी बाताबरणमा असर नपर्ने कुरै नहुने बताउदै पोखरी खन्दा सकारात्मक र नकारात्मक दुवै किसिमको असर पर्ने बताउनुभयो । उहाले पोखरी खन्दा सकारात्मक असरहरु स्थानिय जनताहरुले रोजगारी पाउने, गाउपालिकाहरुको राजश्वमा बृद्धी हुने, पोखरीमा पानी हालेपछी बषौंभरी पानी जम्मा रहने हुदा वाटर टेवल रिचार्ज हुने, आर्थिक गतिबिधीमा बृद्धी हुने, कृषी तथा मत्स्यपालन ब्यवसायको प्रबद्र्धन हुने, स्थानिय स्तरमा ढुङ्गा गिट्टी र वालुवा जस्ता निर्माण सामाग्रीको शुलभ सहज र सस्तो दरमा उपल्बध हुने, बताउनुभयो । 
सो कार्यक्रममा भेला भएका स्थानियहरुले कुनै पनी ब्यक्ती वा र्फमले माछा पालनका लागी पोखरी उत्खनन गर्न पाउनु पर्छ भन्दै स्थानियहरुले आफनो सर्मथन जनाएका थिए । 
कार्यक्रममा सखुवा प्रसौनी गाउपालिका वडा नम्बर ५ महुवनका वडा अध्यक्ष रुपलाल यादव,रंगपुर प्रहरी चौकीका असई रामवावु यादव, सवडिभिजन बन कार्यालय रंगपुरटाडी पर्साका प्रतिनिधी सुब्बेदार प्रदिप तिमिल्सिना, स्थानिय लक्ष्मण सहनी, वीरेन्द्र चौधरी, ईलाका प्रहरी कार्यालय एकटाङ्गा पर्साका प्रतिनिधी हवालदार सुरेन्द्र प्रसाद यादव, सुनरस कन्सलटेन्सीका बाताबरण बिज्ञ संजय कुमार चौरसिया लगायत करिव ६० जना भन्दा बढी स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका अध्यक्षता नारी मत्स्यका संचालक दिपक बस्नेतले गर्नु भएको थियो भने कार्यक्रम संचालन दिनेश चौहानले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।