logo

वर्तमान सकारले सुधारका लागि गर्नुपर्ने १५ काम

    २०७८ सावन १० गते ०९: ४५ मा प्रकाशित   192   पटक पढिएको

रोजी ढकाल पराजुली
काठमाण्डौ १० श्रावण
करिव दुई तिहाई मतसहित सत्तामा पुगेका केपी शर्मा ओलीको बहिर्गमनपछि सत्ताको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासंग जनताले ठूलो अपेक्ष राखेका छैनन् । सरकारको आयु नै डेढ वर्ष मात्रै छ । यस अवधीमा सरकारले उथलपुथल हुने कुनै गतिविधि गर्न सम्भव पनि देखिँदैन । 
सरकारले ठूला कुनै परियोजना नगरेपनि । केही महत्वपूर्ण एवं प्रभावकारी सुधारका कामहरु भने गर्नसक्ने देखिन्छ । सरकारसंग जनताका धेरै आकांक्षहरु हुने गर्दछन् । शेरबहादुर देउवा नेतृत्वमा बनेको यो सरकारले सुधार गर्नैपर्ने केही कामहरु यहाँ प्रस्तुत गरिएको छ । 

१। सम्पूर्ण नेपालीलाई खोप लगाउने व्यवस्था मिलाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपरर्दछ । नेता तथा मन्त्रीलाई औषधी उपचार खर्च नियमविपरीत नगर्ने ।
२। विगतमा आफू सरकारमा रहँदा गरेका गल्तीहरू र अघिल्लो सरकारले गरेका गल्तीहरूबाट पाठ सिकेर पुन सोही गल्ती नदोहो¥याइ जनता र देशको हितमा काम गर्नपर्छ ।
३। प्रधानमन्त्रीले आफ्नो सचिवालयलार्इ चुस्त बनाउन योग्य र स्वतन्त्र छवी भएका व्यक्तीलार्इ राख्ने ।
४। छापा पत्रिका, टिभी र मूलतः  सोसल मिडियाहरूको उपयोगलाई विशेष ध्यान दिने । फेसबुक, ट्वीटरलगायतको उपयोग गर्न विज्ञ समूह नै परिचालन गर्ने । 
५। संवैधानिक नियुक्तिहरूमा सरकारले स्वच्छ तथा स्वतन्त्र छवी भएका विज्ञहरु छनौंट गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्दछ । राजदूत नियुक्तिहरूमा पार्टीका विज्ञ ९विवादास्पद छवी नभएका व्यक्ति०हरूलाइ मात्र छनौट गर्ने । 
६। विकास तथा सम्बिन्धित मन्त्रालयहरूको सुधार गर्नुपर्दछ । मन्त्रालयहरुले विकासका कार्यक्रमहरु सञ्चालन गर्दा मन्त्रीहरुको चाहाना र मन्त्रीको चुनावी क्षेत्रमा मात्र कार्यक्रम राख्ने प्रवृत्तीको अन्त्य गराउने । 
७। प्रधानमन्त्रीले सानातिना कार्यक्रमहरुमा समय खेर नफाल्ने । सामान्य कार्यक्रमहरू जस्तै पुस्तक विमोचन जस्ता कार्यक्रममा सहभागी नहुने । 
८। यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै असम्भव सपनाहरू नबाढ्ने र सकिने मात्र भन्ने र गर्ने । 
९। उपत्यकाको समग्र विकाससंग सम्बन्ध राख्ने बाहीरी चक्रपथ निर्माण गर्ने । 
१०। उपत्यकाका चार कुनामा एक लाख ३० हजार रोपनीमा नयाँ शहर निर्माणको कार्यलाई स्वीकृत गरी कार्यान्वयन गर्ने । 
११। उपत्यकाको वागमती तथा यसका सहायक १२ नदीहरूको सौंन्दर्यीकरण, कोरीडोर सडक, तटबन्ध निर्माण र फोहोर पानी प्रशोधन केन्द्र बनाई नदीलाइ सफा र स्वच्छ बनाउने । 
१२। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम जस्ता अलोकप्रीय कार्यक्रम नगर्ने, हटाउने । 
१३। मन्त्रीहरूले मन्त्रालयमा छिटोछिटो गर्ने सचिव सरूवा तथा कर्मचारी सरूवाजस्ता हस्तक्षेपलाई निरूत्साहित गर्ने । 
१४। भ्रष्टाचारलाई प्रधानमन्त्री तथा मन्त्रीहरूबाटै शुन्यसहनिशलता लागू गरेमा कर्मचारीमा हुने भ्रष्टाचार, ढिलासुस्ती स्वत कम हुँदै जान्छ । साथै विभिन्न क्षेत्रका सिण्डीकेट प्रथा, कालोबजारी कम हुँदै जान्छ । 
१५। वर्तमान सरकारलाई देश समृद्ध बनाउन इतहासमै सुनौलो अवसर मिलेको छ । नेपालाई समृद्ध बनाई धनी देशको नेता तथा नागरीक बन्ने की रु हालकै जस्तो गरिव देशको नेता बन्ने भन्ने विकल्प वर्तमान सरकारको हातमा छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।