कृष्णा यादव
बीरगंज ४ फागुन
पर्सा प्रहरीले नौ किलो लागु औषध अफिम सहित एक जना युवकलाई नियन्त्रणमा लिएको छ ।
पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर २ स्थित रहेको रंगपुरटाडी प्रहरी चौकीले नौ किलो ३ सय ग्राम लागु औषध अफिम सहित युवकलाई निन्त्रणमा लिएको हो ।
मंगलवार विहान करिव ९ बजेको समयमा पर्साको मनवा तर्फबाट रंगपुरटाडी तर्फ जादै गरेको प्रदेश नम्बर २—०३—००७ प ६९९० नम्बरको पल्सर मोटर साईकललाई रंगपुरटाडी प्रहरी चौकीले चेकजाचको क्रममा एक युवकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जनाएकाछन ।
उक्त लागु औषध अफिम सहित पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउपालिका पञ्जनी भञ्ज्याङ निवासी सुरज मोक्तान रहेको छन । पक्राउ परेका मोक्तान मोटरसाईकलमा अफिम बोकेर पछाडी सवार थिए । प्रहरीले मोक्तानलाई चेकजाच गर्ने क्रममा मोटरसाईकल चालक रंगपुरटाडी प्रहरी चौकीका प्रहरी संग लछार पछार गरी फरार भएको स्थानियले बताएका छन ।
फरार चालकको पहिचान भै सकेको र अफिम सहित प्रहरीले नियन्त्रणमा लिएको मोक्तान र मोटर साईकललाई जिल्ला प्रहरी कार्यालयमा राखी लागु औषध सम्बन्धी मुदा चलाउने त्यारी भै रहेको पर्सा प्रहरीले जनाएको छ ।
त्यसै गरी सशस्त्र प्रहरी १३ नम्बर गण चिनीमिलले करिव ४ किलो बेवारिसे लागु औषध चरेस नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी नायव उपरिक्षक संतोष बस्नेतको कमाण्डमा गएको टोलीले ३ किलो ९ सय ग्राम लागु औषध चरेश नियन्त्रनमा लिएको हो ।
मंगलवार बिहान सशस्त्र प्रहरी नायव उपरिक्षक बस्नेतको टोलीले बीरगंज १६ ईनरुवामा रहेको नेपाल भारतको सिमामा थापेको चेक प्वाईन्टमा एक अपरिचित ब्यक्ती नेपालवाट भारत तर्फ जादै गरेको अवस्थामा तरकारी बोकेको झोला फालरे भारत तर्फ भागेको र उक्त झोला चेकजाच गर्दा सो झोला भित्र उक्त चरेश रहेको सशस्त्र प्रहरीबल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले बताउनु भयो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सो लागु औषध चरेश थप अनुशंधानका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले बताउनु भएको छ ।
तपाईको प्रतिक्रिया