logo

एबीसी सर्वेक्षण स् सत्ता गठबन्धन ११४ र प्रतिपक्ष गठबन्धन ३१, प्रत्यक्षमा एमालेभन्दा माओवादी अगाडि अन्य दल १० भन्दा तल

    २०७९ असोज ९ गते १०: ४५ मा प्रकाशित   194   पटक पढिएको

एबीसी सर्वेक्षण स् सत्ता गठबन्धन ११४ र प्रतिपक्ष गठबन्धन ३१, प्रत्यक्षमा एमालेभन्दा माओवादी अगाडि अन्य दल १० भन्दा तल

काठमाडौं, ९ असोज ।
यहि मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदै छ । विभिन्न दलहरु र राजनीतिक विश्लेषकहरु यतिवेला यस पटकको निर्वाचनमा कस्ले बहुमत प्राप्त गर्छ भन्दापनि पाँचदलिय गठबन्धन संग नेकपा एमाले साना दलहरुलाई समेटेर निर्वाचन होमिदै छ । संघ र प्रदेशको सिट बाँडफाडमा पाँच दलिय गठबन्धन भित्र कुरा नमिलेको र नेपालको राजनीतिक अवस्था यसै भन्न नसकिएको अवस्थामा एबीसी टेलिभिजनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा कुन दलको स्थान के हुने भन्नेबारे विशेष खुलाशा गरेका छ । गठबन्धन भर्सेस प्रपिक्षीय गठबन्धन हुने परिस्थिति विचार गरेर एबीसी टेलिभिजन र नेपालपेजले देशभरका सात वटा प्रदेश सदरमुकाम र अन्य बाहिरी जिल्लाका ८ वटा सदरमुकाम गरी १५ शहरमा गरेको सर्वेक्षणमा स्थानीय निर्वाचनमा देखिएको मत रुझानकै नजिकको नतिजा देखिएको छ ।

आगामी संघीय निर्वाचनमा सत्तापक्षीय गठबन्धन र प्रतिपक्षीय गठबन्धनका बीचमा दुइपक्षीय प्रतिस्पर्धा हुने भएको छ । पछिल्लो स्थानीय निर्वाचनलगत्तै संघीय निर्वाचनका लागि विभिन्न दलहरुले विभिन्न झण्डै आधा दर्जन जति गठबन्धनका विकल्पमा छलफल र कोशिश गरे पनिअन्तत स् सत्तापक्षीय र प्रतिपक्षीय गठबन्धन गर्ने मादलहरु थिग्रिएका छन् । स्थानीय निर्वाचन लगत्तैबाट पुनःएमाले र माओवादीबीचको वाम गठबन्धनका विषयमा छद्मरुपमा निकै कोशिश भएको थियो ।

एमाले र माओवादीका उच्च स्रोतका अनुसार झण्डै गठबन्धन हुने तहमा पुग्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको प्रधानमन्त्रीका रुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घोषणा गरेर जान तयार नभएपछि वाम गठबन्धनको कोशिसले सफलता नपाएको हो । त्यस बाहेकका प्राय सबै मुद्धामा सहमति भइसकेको थियो । आफू विरुद्ध वाम गठबन्धन हुने देखेपछि नेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सत्तापक्षीय गठबन्धनका लागि हदैसम्म लचकहुन तयार भएपछि पनि प्रचण्डलाई सत्तापक्षीय गठबन्धन छाडेर एमालेसँग मिल्न जाने बहाना नभएको हो । स्थानीय तहको निर्वाचनको नतिजाले माओवादीलाई जुन गठबन्धनमा लाग्यो उतै पल्लाभारी हुने देखिएपछि माओवादीको शक्ति ह्रास भएपनि महत्व बढेको हो । गठबन्धनका विकल्पहरु माथि कोशिश भइरहँदा माओवादी, जसपा र एकीकृत समाजवादी लगायतका साना दल तथा एमाले– राप्रपा तथा नेका–लोसपाबीचको त्रिपक्षीय गठबन्धन हुने जस्तो अवस्थालाई काङ्ग्रेस धेरै कमजोर हुने र एमाले सवैभन्दा ठूलो दलबन्ने देखेपछि देउवा अझ बढी र कुनै पनि हालतमा माओवादीसँगको गठबन्धन नछोड्ने पक्षमा अघि बढेका हुन् । आगमी संघीय निर्वाचनका सन्दर्भमा दलहरुबीच गठबन्धनका विकल्पहरु माथि कोशिश भइरहँदा काठमाडौंको सत्तालाई महत्वदिने बाह्य शक्तिहरुले पनि सत्ता गठबन्धनलाई नै टिकाउन अनेक हिसाबले दबाव बढाइरहेको त प्रष्टै थियो ।

यसरी सत्ता गठबन्धन भर्सेस प्रपिक्षीय गठबन्धन हुने परिस्थिति विचार गरेर एबीसी टेलिभिजन र नेपालपेजले देशभरका सात वटा प्रदेश सदरमुकाम र अन्य बाहिरी जिल्लाका ८ वटा सदरमुकाम गरी १५ शहरमा गरेको सर्वेक्षणमा स्थानीय निर्वाचनमा देखिएको मत रुझानकै नजिकको नतिजा देखिएको छ । साभार एवीसी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।