बीरगंज १०, असोज
पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएकाछन ।
सोमबार बिहान बीरगंज स्थित रहेको छपकैया छ्ठ घाटको पोखरी नजिक
चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चट्याङ लागेर मृत्यु हुनेमा १५ वर्षीय बालक सिद्धार्थ उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी गराएकाछन । चट्याङबाट घाइते भएको दुई जनाको उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया