logo

सिट बाँडफाँटमा यस्तो बन्दै छ सहमति

    २०७९ असोज १२ गते ११: ४१ मा प्रकाशित   366   पटक पढिएको

सिट बाँडफाँटमा यस्तो बन्दै छ सहमति
काठमाडौं, १२ असोज
सत्ता गठबन्धले आगामी संघ र प्रदेशको निर्वाचनका लागि सिट बाँडफाँटको विषय सहमति नजिक पुगेको बताउदै आएका छन् । नेपाली कांग्रेसका लागि ८० देखि ८५ सिट, माओवादी केन्द्रलाई ४५ देखि ४७ सिटसम्म सहमति नजिक रहेको नेताहरुले जनाएका छन् । कांग्रेस र राष्ट्रिय जनमोर्चाबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच छुट्टै सहमतिको प्रयास जारी छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेकाले पनि दलहरुमा सिट बाँडफाँटको टुंगो सो अघि नै लगाउनुपर्ने दबाब बढेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सिट बाँडफाँटको विषय सहमति नजिक रहेको जनाएको छ । प्रतिनिधिसभामा १६५ प्रत्यक्षतर्फमध्ये नेपाली कांग्रेसको भागमा ८० देखि ८५ सिट र नेकपा माओवादी केन्द्रलाई ४५ देखि ४७ सिटमा सहमति नजिक रहेको नेताहरुले बताएका छन् । यसअघि कांग्रेसले बढीमा सय देखि ९० सिट र माओवादीले ६० देखि ५० सिटको दाबी गर्दै आएको थियो । ४० देखि ३० सिटको दाबी गर्दै आएको एकीकृत समाजवादी, माअ‍ोवादी र जनता समाजवादीबीच छुट्टै पनि सहमतिको छलफल हुदै आएको छ । जसपालाई १५ देखि १७ र राष्ट्रिय जनमोर्चालाई दुई सिटमा सहमति नजिक रहेको जनाइएको छ । दलहरुले असोज २ र ३ गते अन्तिम घडीमा निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गरेका थिए । तर, राष्ट्रपतिबाट नै संविधान र अहिलेको व्यवस्थामाथि प्रहार भएकाले लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

माओवादी, समाजवादी र जसपाबीच छुट्टै गृहकार्य भएकोमा समाजवादी र जसपाले अलि बढी सिट दाबी गरेको छ । यी तीन दलबीच २५–३० स्थानमा विवाद कायमा छ । तर, दोहोरो र तेहेरो दाबी रहेको स्थानमा समेत शीर्ष नेताबीच समझदारी बनेको छ । मधेश प्रदेशमा कांग्रेस र जसपाबीच सहमतिको प्रयास भएको छ । मधेश प्रदेशमा कांग्रेसले १२, जसपाले १३, माओवादीले ५ र समाजवादीले २ सिट लिने बताइएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये प्रधानमन्त्री एवम् कांग्रेस सभापति ८० देखि ८५ सिटको हाराहारीमा सहमतिमा पुग्ने भएपछि डा। शेखर कोइराला पक्षले गठबन्धनलाई सहयोग नगर्ने भन्दै विद्रोह गर्ने निर्णय ग¥यो । यद्दपि, देउवालाई चुनौती दिने गरी गएको १४ औं महाधिवेशनका सभापतिका उम्मेदवार प्रकाशमान सिंह भने पार्टीको निर्णय विपरीत जान नहुने पक्षमा छन् । पार्टी विपरीत गए कसैलाई फाइदा नपुग्ने भन्दै अहिले संविधान एवम् प्राप्त संघीय व्यवस्था संस्थागत गर्दै लानुपर्ने सिंहले भनेका छन् ।

गठबन्धनमा समाजवादी र जसपाले १५ देखि १७ सिट पाउने गरी बहस भएको छ । सहमतिका लागि विगतदेखि जित्दै आएका निर्वाचन क्षेत्रहरुमा नेता तथा उम्मेदवार साटफेर गर्ने सुत्र पनि गठबन्धनले अंगालेको छ । निर्वाचन आयोगले असोज १६ गतेभित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा छ भने असोज २३ गतेसम्म प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको कार्यतालिका तय गरेको छ । विशेषगरी, गठबन्धनको सिट बाँडफाँट कार्यदलमा प्रतिनिधिसभापछि प्रदेशसभाको ३३० सिटमा सहमति प्रयास जारीे छ । अनेक विकल्प अप्नाएर भएपनि आगामी संघ र प्रदेशको निर्वाचनको सिट बाँडफाँटमा अन्तिम टुंगो लगाउने कसरतमा गठबन्धनका दलहरु छन् । साभार एवीसी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।