वीरगन्ज, २२ कार्तिक
पर्सा क्षेत्र नम्वर २ को ख का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले घरदैलो तिब्र रुपमा अघि बढाएकाछन ।
उम्मेदवार सिंहले वीरगन्जको वडा नम्वर १७ अलौमा मतदाताहरुको घरघरमा पुगेर घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन ।
वीरगन्जको वडा नम्वर १७ अलौमा मतदाताहरुले फुलमाला लगाई भव्य स्वागत गरेका छन् ।
अलौमा घरदैलोमा पुगेका स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले फुलमाला र अबिर लगाएर घरघरमा स्वागत गरेका थिए ।
स्वतन्त्र उम्मेद्वार सिंह बीरगंज १७ स्थित रहेको अलौको बजारटोला सिवान टोल, पाहाडीटोल, मलाहा टोल लगायतका स्थानमा मतदाताको घरदैलोमा पुगेर मतदाताहरु संग मत मागेका थिए ।
मतदाताले अबको हाम्रो विधायक स्वतन्त्र उम्मेद्वार सिंह नै भएको भन्दै उनलाई विजयी बनाउन आफूहरुले सिंहलाई नै मतदिने र अन्य स्थानमा पनि मत माग्दै हिँड्ने बताएका थिए ।
मतदातासँग भेट गर्दै सिंहले आउँदो निर्वाचनमा लालटेन छापमा मतदान गर्न अलौंका मतदाहरु संग आह्वान गरेका थिए ।
मतदाताहरुले सिंह सँधै आफूहरुकै बीचमा बसेका व्यक्ति भएकाले उनैलाई मतदान गरेर विजयी बनाउने बताएका छन् ।
बिभिन्न पार्टीको उम्मेदवार तथा नेताहरुबाट विश्वास गुमेकाले स्वतन्त्रको लहर चलेकोले अब आफुहरुले सिंहलाई नै मतदिने भन्दै आफूहरुले सिंहकै पक्षमा मतदान गर्ने पनि अलौवासीहरु खुशी हुदै उनीहरुले विश्वास दिलाए ।
तपाईको प्रतिक्रिया