logo

पर्सा क्षेत्र नम्बर २ को ख मा माहासंग्राम सबै भन्छन म जित्छु, त्रिकोण लडाई सिंह र कुर्मीमा भिडन्त

    २०७९ कार्तिक २२ गते १०: ४० मा प्रकाशित   368   पटक पढिएको

एस वी क्षेत्री
बीरगंज २२ कात्र्तिक
मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी बिभिन्न पार्टीका साझा उम्मेदवारहरु घरदैलो र रात्री कोण सभालाई तिब्रता दिई रहेकाछन ।
पर्सा क्षेत्र नम्बर २ को ख मा प्रदेश सभाको उम्मेदवारमा करिव आधा दर्जन भन्दा बढी गठबन्धन र स्वतन्त्र गरी उम्मेदवारी दर्ता गराएकाछन ।
पर्सा क्षेत्र नम्बर २ को ख मा प्रदेश सभामा नेपाली काग्रेस र लोसपाका साझा उम्मेदवार रमेश प्रसाद कुर्मी जसपा र नेकपा एमालेका साझा उम्मेदवार हरेराम प्रसाद पटेल रहेकाछन भने स्वतन्त्र उम्मेदवारहरुमा, रुपेशमान सिंह उर्फ रुपु, मुकेश दुवेदी र अर्का स्वतन्त्र उम्मेदवार करिमा बेगम लगायत करिव आधा दर्जन भन्दा बढीले आफनो उम्मेदवारी दिएकाछन ।
क्षेत्र नम्बर २ को ख मा प्रदेश सभाका उम्मेदवार रुपेशमान सिंह उर्फ रुपु बीरगंज माहानगरपालिकाका मेयर राजेश मान सिंहका भतिजा हुन । यस भन्दा पहिला रुपेश स्थानिय निर्वाचनमा जसपा पार्टीमा थिए ।
मंसिर ४ गते हुने निर्वाचनमा रुपेशलाई जसपाले टिकट नदिएको कारण उनी स्वतन्त्रबाट आफनो उम्मेदवारी दिएका हुन ।
उम्मेदवार रुपेश मान सिंहको बिगत केही बर्ष पहिला देखी ठेक्का पट्टा उनको ब्यवसायी रहेको छ । प्रदेश नम्बर २ को ख मा जम्मा ११ वटा वार्ड मध्ये माहानगरमा १, ३, ६, ९, र १० वटा वार्ड गरी जम्मा ५ वटा वार्ड नगरमा परेको हुनाले बाकी अरु वार्डबाट पनी मतदाताहरुले आफलाई नै भोट दिने भएकोले आफु जित्ने रुपेश मान सिंहको दावी र विश्वास रहेको छ ।
रुपेशमान सिंह पहिलो पटक प्रदेश सभा सदस्यका उम्मेदवार बन्दैछन ।
पर्सा क्षेत्र नम्बर २ को ख मा प्रदेश सभामा उम्मेदवारी दर्ता गराउनेमा नेपाली काग्रेस र लोक्तान्त्रिक समाजवादी पार्टीका उम्मेदवारका रुपमा रहेका रमेश कुमार कुर्मी २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ कै ख बाट निर्वाचित भएका थिए भने अहिले उनी काग्रेस संग गठबन्धन गरी यही क्षेत्रबाट आफनो उम्मेदवारी दिएकाछन ।
अहिले कुर्मी पहिलो स्थानको दौरमा छन । कुर्मी २०७४ सालमा लोसपाबाट निर्वाचित भएपछी उनले आफनो क्षेत्रमा रहेको विमनपा वडा नम्बर १७ अलौ, वडा नम्बर २६ सुगौली, वडा नम्बर २५ श्रीसिया, वडा नम्बर २४ रामगढवा लगायतका वार्डहरुमा सडक नाला बाटोहरु स्कुल, धर्मशाला, स्वास्थय चौकी, मंदिर, मस्जिद लगायतका बिकाशका कामहरु प्रदेश सरकारले दिएको आफनो बजेटबाट थुप्रै कामहरु गरेको कारणले यस क्षेत्रका जनताले आफुलाइ जिताउने कुर्मीको दावी रहेको छ ।
कुर्मी विमनपा वडा नम्बर २५ श्रीसिया निवासी हुन ।
त्यसैगरी पर्सा क्षेत्र नम्बर २ को ख मा प्रदेश सभाका नेकपा एमाले र जसपाका साझा उम्मेदवार एमालेका हरेराम प्रसाद पटेल पहिलो पटक प्रदेश सभा सदस्यका उम्मेदवार हुन । पटेल बीरगंज माहानगरपालिका वडा नम्बर १७ निवासी हुन ।
पटेल लाली गुराश सहकारीका संचालक तथा अध्यक्ष हुन । पटेल पहिलो पटक प्रदेश सभा सदस्य उम्मेदवार बन्दैछन भने एमालेको जसपा संग गठबन्धन भएकै कारण आफुले विजयी हुने दावी उनको रहेको छ ।
पर्सा क्षेत्र नम्बर २ को ख मा प्रदेश सभाका उम्मेदवार करिमा बेगम २०६३÷०६४ को पहिलो मधेश आन्दोलनबाट नेतृत्व गरेकी महिला नेतृ हुन । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका राजेन्द्र बहादुर अमात्यलाई हराएर निर्वाचित भएकी थिईन ।
त्यस पछी वेगम कृषी राज्यमंत्री समेत भएकी थिईन भने २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली काग्रेसका राजेन्द्र बहादुर अमात्य संग करिमा वेगम भारी मतले पराजित भएकी थिईन । वेगम २०७४ सालको प्रदेस सभाको निर्वाचन पछी प्रदेश सभाको समानुपातिकबाट सांसद वनेकी थिईन ।
वेगम मधेश आन्दोलनमा महिलाको तर्फबाट अग्रिम भुमिका निर्वाह गर्दै २०७२ सालको मधेश आन्दोलनमा समेत अहम भुमिका रहेको जानकारहरु बताउछन ।
वेगमको पर्सा जिल्लाको १ र २ नम्बर क्षेत्रमा महिलाहरु संग राम्रो सम्बन्ध रहेको कारण र पर्सा क्षेत्र नम्बर २ को ख मा प्रदेश सभा सदस्य हुदा आफनो क्षेत्रमा बिकास राम्रै गरेको कारण यसपाली पनी सो क्षेत्रका जनताहरुले आफुलाई नै बिजयी गराउने वेगमको दावी रहेको छ ।
पर्सा क्षेत्र नम्बर २ को ख मा प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार मुकेश दुवेदी बिधार्थी काल देखी नेपाली काग्रेसको भातृ संगठन नेपाल बिधार्थी संगबाट आफनो राजनिती क्यारियर शुरु गरेका हुन ।
नेपाली काग्रेस छाडेर २०७४ सालको स्थानिय निर्वाचनमा जसपाबाट निर्वाचित बीरगंज माहानगरपालिकाको पुर्व मेयरमा बिजय सरावगीको राजनिती सल्लाहकार भएर जसपा पार्टीमा काम गरेका थिए ।
त्यस पछी तत्कालिन बीरगंज माहानगरपालिकाका मेयर विजय सरावगीको साथ छाडेर बर्तमान बीरगंजका मेयर राजेश मान सिंहलाई २०७९ को स्थानिय निर्वाचनमा सहयोग गरेका थिए ।
दुवेदीलाई जसपाले प्रदेश सभाको सदस्यमा टिकट नदिए पछी दुवेदी अहिले पर्सा जिल्ला क्षेत्र नम्बर २ को ख बाट प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट आफनो उम्मेदवारी दिएकाछन ।
दुवेदी बिधार्थी काल देखी नै राजनितीमा सहभागी हुदै आएपनी पटक पटक पार्टीले आफुलाई धोखा दिएको र आफु बाध्य भएर स्वतन्त्रबाट आफनो उम्मेदवारी दिएको बताउदै अहिले देश भरी स्वतन्त्रको नै हल्ला चलेको कारण आउदो मंसिर ४ गतेको निर्वाचनमा जनताले आफुलाई नै मत दिएर बिजयी गराउने उनले बताए ।
उम्मेदवार दुवेदी बीरगंज वडा नम्बर २४ रामगढवा बहुअरी निवासी हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।