पर्सा क्षेत्र नम्बर २, ४ सतागठबन्धनवाट काग्रेसका रिजाल र चौरसिया निर्वार्चित १ र ३ मा एमाले गुप्ता जसपाका यादव बिजयी
बीरगंज ८ मंसिर
पर्सा निर्वाचन क्षेत्र नं १ मा जसपा–एमाले गठबन्धनको तर्फबाट प्रदिप यादव निर्वाचित भएका छन । यादवले २२ हजार ५ सय ३७ मत प्राप्त गरेर वीजयी भएकाछन भने उनका प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार दुवेदीले २० हजार ९ सय १७ ल्याएर दोस्रो स्थानमा रहेका थिए । यादवले दुवेदीलाई १ हजार ६ सय २० मतले पछी पार्दै यादव विजयी भएका छन ।
पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । चौरसियाले २८ हजार ४५१ मत ल्याई बिजय भएको हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनको तर्फवाट जसपाका उम्मेदवार रहेका सुरेन्द्र कुर्मिले २२ हजार ४ सय ४५ मतलाई दोस्रो स्थानमा रहेका थिए। सो क्षेत्रमा ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो । चौरसियाले कुर्मीलाई ६ हजार ६ सय २० मतको फराकिलो मतान्तरणले पराजित गरेका छन।
पर्सा क्षेत्र नम्बर ३ मा एमाले जसपाको गठबन्धनको तर्फवाट एमालेका उम्मेदवार राजकुमार गुप्ता झिनो मतको अन्तरले निर्वाचित भएका छन। गुप्ताले २४ हजार २ सय ६० मत प्राप्त गरि बिजय भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनको तर्फवाट काग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीले २४ हजार १ सय ९ मत प्राप्त गरेका थिए । गुप्ताले १ सय ५१ मतले पछि पार्दै निर्वार्चित भएका हुन्।
पर्सा क्षेत्र नम्बर ४ मा सतागठबन्धनका तर्फवाट काग्रेसका उम्मेदवार रमेश रिजालले आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेका जालिम मियालाई ६ हजार १ सय २४ मत फराकिलो मतान्तरणले पराजित गरि निर्वार्चित भएका छन।रिजालले ३० हजार ४५ मत ल्याएका छन भने एमालेका जालिम मियाँले २३ हजार ९ सय ५१ मत प्राप्त गरेर पराजित भएका थिए ।
तपाईको प्रतिक्रिया