logo

शान्ति सुरक्षा मेरो पहिलो प्राथमिकता पर्सा प्रहरी प्रमुख शाह, एक महिनामा ६ करोड राजशव बुझाए

    २०७९ पौष २९ गते ०७: ३० मा प्रकाशित   169   पटक पढिएको

एस छत्कुली
बीरगंज २९ पुष
जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक बर्ष ०७९÷०८० को पुस मसान्त सम्मको एक महिनामा गरेको कामको विवरण सार्वजनिक गरेको छ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यकक्षमा पत्रकार सम्मेलन मार्फत पुस १ महिनामा आफुले गरेको काम सार्वजनिक गरेका छन।
प्रहरी उपरीक्षक शाहको अनुसार आर्थिक बर्ष ०७९÷०८० पुस महिनामा प्रहरीले गरेको प्रगति विवरण संचारकर्मीलाई शुक्रवार सार्वजनिक गरे।
पर्सा प्रहरीले पुस १ गते देखी २९ गते सम्म गरेको काम भन्सार छली , चोरी निकासी पैठारी गरी ल्याएको खाघान्न, ईलेक्ट्रोनिक सामान , सवारी साधन विभिन्न किसिमको कपडाहरु लगातका सामानहरु गरी ६ करोड ८२ लाख ४ सय ५२ रुपैया बराबरको अवैध सामानहरु पक्राउ गरी सम्बन्धित निकायलाई बुझाएको जनाएको छ त्यसैगरी पुस महिनामा मोटरसाइकल चोरीको मुद्दा १६ वटा दर्ता गरि १६ वटा मोटरसाइकल सहित १३ जना नेपाली र ३ जना बिदेशी नागरिकलाई पक्राउ गरेको छ भने विभिन्न मुद्दामा फरार रहेका ३५ जना अभियुक्त तथा ८ वटा प्रतिवादीलाई पक्राउ गरि ५ सम्मानित जिल्ला अदालतमा बुझाएको छ भने लागू औषध सम्बन्धि २३ वटा मुद्दा दर्ता गरि ३३ पुरुष र १ महिला सहित गाँजा ३८४ केजी , चरेश १ केजी , हेरोईन २१ ग्राम , फेनारगन एम्पुल १३५ पिस, डाईजिल्याब १२८ , नुर्फिन १३९ एम्पुल , नाट्राभेट ट्याब्लेट १४९९ पिस, कोरेक्स १४४ बोतल र १० कठ्ठामा लगाएको गाँजा र २ कठ्ठामा लगाएको अबैध अफिम नष्ट गरेको छ। त्यसैगरि प्रहरीले कर्तव्य ज्यान गरेको अभियोगमा ३ जना माथी, ज्यान मार्ने उधोगमा २ जनामाथी, भवितब्य ज्यानमा २ जनामाथी, ज्यान समबन्धि १ जनामाथी झुणडीएर मृत्यु भएको ज्यान सम्बन्धि १ जनामाथी सवारी ज्यान सम्बन्धि १ जनामाथी सवारी अंगभंगमा १ जनामाथी, लागू औषधमा २२ जनामाथी अपहरण तथा शाररिक बन्धकमा १ जनामाथी, बैक तथा वित्तीयमा १ जनामाथी जबर्जस्ती करणीमा ६ जनामाथी, बाल यौन दुरुपयोग ,हातहतियार खरखजाना १,चोरी २१ ,कालो बजारी १,अभद्र व्यवहार ४४,ठगि तथा अपराधिक विश्वासघात ३,लिखित सम्बन्धि कसुर १ , निर्वाचन सम्बन्धि कसूर१,बैंकिङ कसूर १,कुटपिट अंगभंग १,मानव बेचबिखन तथा ओसार पोसार ३ गरि जम्मा १७० वटा मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक शाहले संचारकर्मीहरुलाई पत्रकार सम्मेलनमा बताए। अपराध अनुसन्धान तथा अपराध नियन्त्रणको लागि वीरगंज महानगरपालिका भित्र थप १२ वटा गरि जम्मा १०९ वटा विभिन्न स्थानहरुमा सिसिक्यामेरा जडान गर्नुको साथै प्रत्येक दिन २ घण्टा चेकजाच गर्ने गरिएको जनाए ।
प्रहरीले सिमावर्ति क्षेत्रमा आवशयकता अनुसार चेकजाँचमा वृद्धि गरि सिमानाका पुर्णरुपले कडाई गरेको प्रहरी प्रमुख शाहले बताउनुभयो ।
त्यसैगरी पर्सा जिल्लामा रहेको बिसमिल्लाह क्रसर उधोग, गंगा बालुवा उद्योग , यादव क्रसर उधोग, सत्यम शिवम बालुवा उधोग , जय नेपाल बालुवा उधोग र पप्पु कन्सट्रक्सन गिट्टी बालुवा उदोग गरि ७ वटा क्रसर उधोग बन्द गराएको जनाएको छ। पर्सा प्रहरीले पुस महिनामा १६ क्युफिट काठको गुलिया सहित १ थान सवारि साधन पक्राउ गरेको छ। त्यसैगरी प्रहरीले घरेलु मदिरा तयारी मदिरा २२ सय ३४ लिटर र कच्चापदार्थ ४६ सय ७० लिटर सहित २४ वटा मदिरा बनाउने भठी नष्ट गरेको हो पनी जनाएको छ ।
निरज पसवानलाई अपहरण गरि हत्या गरेको आरोपमा शिक्षक दिलिप पटेल र शयाम यादवलाई पक्राउ गरेको बताए।
आफ्नो श्रिमतीलाई हत्या गरि मार्ने श्रिमान र देवरलाई समेत पक्राउ गरी नियन्त्रणमा लिएको जनाएकाछन ।
पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसार पोसारमा ३ वटा मुद्दा दर्ता गरि ८ जनालाई पक्राउ गरेको छ भन्ने अभद्र व्यवहारमा १ जनामाथी मुद्दा दर्ता गरि ३० जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेको छ । त्यसैगरि हुण्डी कारोवारमा संलग्नमा १ जना मानिस सहित १२ लाख रुपैया बरामद गरेको जनाएको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त चेकजाचको क्रममा प्रहरीले ३१ लाख ६१ हजार ५ सय रुपैया राज्शव संकलन गरेको बताउनुभयो। त्यसै गरि प्रहरी उपरीक्षक शाहले भन्छन आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेदेखि बीरगंज लगाएत ग्रामीण भेगसमेत पर्सा जिल्लाको शान्ति सुरक्षा व्यवस्था कायम गरेको समेत दावी गरे । उहाले प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनि सोही गरेको उहाले बताउनुभयो। एक महिनाको कार्यकालमा शान्ति सुरक्षाको राम्रो रहको दाबी गरेपनि कति दिन सम्म सुरक्षा व्यवस्था कायम राखछन त्यो भने हेर्न बाकि नै छ । प्रत्येक महिनाको अन्तिम दिनमा जिल्ला प्रहरी कार्यालयले गर्ने गरेको कामको विवरण सार्बजनिक पर्साका प्रहरी उपरीक्षक कोमल शाहले शान्ति सुरक्षा मेरो पहिलो प्राथमिकता रहेको बताउदै आफुले यसैगरी काम गर्न जिल्ला भरीका प्रहरीहरुलाई निर्देशन दिएको समेत जिकिर गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।