एस छत्कुली
बीरगंज १ माघ
स्वर्गिय गोपाल गिरी क्रियासिल पत्रकारिता पुरस्कार यस वर्ष पर्साका सन्चारकर्मी महेस दासले पाएका छन । नेपाल पत्रकार महासंघ पर्सा शाखाले दिदै आएको स्वर्गिय गिरी क्रियासिल पत्रकारिता पुरस्कारबाट आज सन्चारकर्मी दासलाई एक कार्यक्रमको आयोजना गरी नगद रासी सहित दिईएको छ । पत्रकार महासंघ पर्सा शाखाले आफनो कार्यकक्षमा एक कार्यक्रमको आयोजना गरी सन्चारकर्मी एभी न्युज टेलिभिजनका मधेश ब्युरो प्रमुख दासलाई यस वर्षको स्वर्गिय गिरी क्रियासिल पत्रकारिता पुरस्कार नगद २५ हजार रुपैयाँ सहित प्रमाण पत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अथिती बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले सम्मान गरी प्रदान गर्नु भएको थियो। पत्रकार दास करिव अढाई दशक देखी पर्सामा रही पत्रकारिता गर्दै आएकाछन ।
स्वर्गिय गोपाल गिरीलाई तत्कालिन माओवादीले २०६० साल माघ एक गते उनको हत्या गरेको थियो । स्वर्गिय गोपाल गिरी पुर्व राजा ज्ञानेन्द्र को पालामा उनी बीरगंज उपमाहानगरपालिकाका मेयरमा मनोनित भएपछी तत्कालिन बिद्रोही माओवादीले उनको हत्या गरेको थियो। स्वर्गिय गोपाल गिरी पत्रकार महासंघ पर्सा शाखाका पुर्व सभापती समेत हुन । सो कार्यक्रममा बोल्दै स्वर्गिय गोपाल गिरीका जेठो छोरा गिरीश गिरी ले प्रत्येक वर्ष दिदै आएको २५ हजार रासीको पुरस्कार अगामी वर्ष देखी बढाएर ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । स्वर्गिय गोपाल गिरी क्रियासिल पत्रकारिता पुरस्कार पत्रकार महासंघले बिगत १८ बर्ष देखी क्रियासिल पत्रकारहरुलाई प्रत्येक वर्ष देखी दिदै आएको छ । सुरुमा १० हजार देखी शुरु भएको यो पुरुस्कार अगामी वर्ष देखी ५० हजार रुपैयो स्वर्गिय गोपाल गिरीका जेठो छोरा गिरीश गिरी दिने घोषण गरेकाछन । उक्त कार्यक्रममा नेपाल पत्रकार माहासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, स्वर्गिय गिरीका जेठो छोरा गिरीश गिरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिपक गिरी, सशस्त्र प्रहरी नायव उपरिक्षक सन्तोष बस्नेत,पत्रकार माहासंघ बाराका पुर्व सभापती कमल उपाध्याय, बरिष्ठ पत्रकार सुर्दशनराज पाण्डे, लगायत पर्सेली पत्रकारहरुको उपस्थिती रहेको थियो भने सो कार्यक्रमको सभापतित्व पत्रकार माहासंघका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया