logo

आईसिपी भन्सारबाट जाँचपास भएको २३ वटा गाडी प्रहरीले पक्राउ गरि राज्शव बुझायो

    २०७९ फागुन १९ गते ०५: ११ मा प्रकाशित   340   पटक पढिएको

वीरगंज १९गते
आईसिपी वीरगंज भन्सार कार्यालयको भित्रैवाट कर्मचारी, जाँचकी र एजेन्टहरुको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको छ।
बीरगंज १७ स्थित रहेको आईसिपी भन्सार कार्यालयका कर्मचारी, जाँचकी र एजेन्टहरुको मिलोमतोमा सामानहरुको मुल्यांङ्गकन कम गरी जाँचपास भै भन्सार कार्यालयवाट नै अरवौंको राजशव चुहावाट भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध सामानहरु बरामद गरेको तथ्यांकले तस्करी भईरहेको प्रष्ट नै देखिन्छ ।
पर्सा प्रहरीले अढाई महिनामा वीरगंज भन्सार कार्यालय आईसिपीवाट चेकजाँच भई छुटेको भन्सारको प्रज्ञापन पत्र भन्दा बढी मालसामान भएको आशंकामा बिशेष सुराकीको आधारमा २३ वटा ट्रक र पिकप नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले पुस १ गते देखि पुस मसान्तसम्म ७ वटा ट्रकबाट बिलबिजक सहित ५ करोड ३४ लाख ८४ हजार ८ सय ५५ रुपैयाको प्रज्ञापन पत्र सहित नियन्त्रणमा लिएको हो।त्यसैगरि माघ १ गते देखि माघ मसान्तसम्म १३ वटा ट्रक र २ ट्याक्टरबाट ४ करोड ७७ लाख ६४ हजार ३ सय ४२ रुपैया बराबरको प्रज्ञापन पत्र सहित नियन्त्रणमा लिएको छ भन्ने फाल्गुन महिनाको १ गते देखि १५ गते सम्म पर्सा प्रहरीले ३ वटा ट्रकबाट २ करोड ४६ लाख ४४ हजार ९ सय ७६ रुपैयाको मूल्य बराबरको प्रज्ञापन पत्र र गाडि सहित नियन्त्रणमा लिई राज्शव अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभएको छ।
पर्सा प्रहरीले अढाई महिनामा २३ वटा ट्रक र पिक्पबाट १२ करोड ५८ लाख ९४ हजार १ सय ७३ रुपैया मुल्य बराबरको प्रज्ञापनपत्र सहित नियन्त्रण लिई राजश्व अनुसंधान कार्यालय पथलैया बारामा बुझाएको छ । आईसिपी भन्सारबाट जाचपास भै छुटेका मालबाहक गाडीबाट चेकजाच भै छुटेको प्रज्ञापत्र भन्दा बढी अवैध भन्सार छलिको आशंकामा पर्सा प्रहरीले पक्राउ गरि राजशव अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो।
प्रहरीले वीरगंज भन्सार कार्यालय आईसिपीबाट जाँचपास भई छुटेको मालसामान सहितको गाडीहरु दैनिक रुपमा भन्सार छलिको आशांकामा नियन्त्रणमा लिने गरेको छ।
भन्सार कार्यालय आईसिपीमा रहेका भन्सार कर्मचारी , जाँचकी र भन्सार एजेन्टको मिलोमतोमा आईसिपी भित्रबाट निस्केको गाडिहरुलाई प्रहरीले धमाधम नियन्त्रण लिदै आएपछि यस्ले प्रमाणित हुन्छ कि भन्सार भित्रैबाट स्थागत रुपमा तस्करी हुदै आएको छ।
भन्सारको कर्मचारीहरुले भारतवाट नेपाल आउने सामानहरु जुन सबभन्दा महगो भन्सार लागने लत्ताकपडा, स्टिलका भाडाकुडा, कस्मेटिक, ईलेकट्रोनिक, लगायतको सामानहरुको मुल्याङकन कम गरि जाँचकीहरुले एजेन्ट मार्फत अर्ब रुपैया बराबरको राजशव चुहावट गर्दै आएका छन्।
त्यसैगरि भन्सार कर्मचारीहरुले जाँचपास हुने गाडीहरुवाट मालसामानहरु मुल्यांङकन कम गरे वापत प्रति ट्रकको ५० हजार देखि १ लाख रुपैया सम्म लिने गरेका नाम नछाप्ने शर्तमा भन्सारका एक एजेन्ट बताउछन् । उता भन्सारबाट जाचपास भै छुटेको मालबाहक गाडीहरुमा बिल विजक भन्दा बढी मालसामान लोड भएको आशंकामा पर्सा प्रहरीले नियन्त्रमा लिई राजश्व अनुशंधान कार्यालय पथलैया बारामा बिहिवार गाडी बुझाउदा राजश्वका कर्मचारीहरुले गाडी नै बुझन मानेका थिएनन पछी प्रहरी प्रधान कार्यालय काठमाण्डौको दवावमा राजश्वले बुझेको प्रहरी स्रोतले जनाएको छ ।
यसरीनै भन्सारवाट जाँचकी, एजेन्ट र कर्मचारीहरुको मिलोमतोमा अर्बको रुपैया बराबरको राज्शव चुहावट हुने हो भन्ने कर्मचारी, चाँजकी र एजेन्टहरु मालामाल सरकार कंगाल हुने यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको समयमै ध्यान जान अति आवशयक देखिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।