शेखर छत्कुली
बीरगंज १२ चैत्र
नेपाल ईन्टर मोडल यातायात बिकास समितीका कर्मचारीहरुले गरेको आन्दोलनका कारण एकिकृत चेकजाँच चौकी भन्सार बीरगंज को आज कामकाज ठप्प भएको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर १७ अलौमा स्थित आईसिपी भन्सार भित्र रहेको नेपाल ईन्टर मोडल यातायात बिकास समितीका करारमा रहेको कर्मचारीहरुले गरेको आन्दोलनका कारण आईतवार दिन बन्द रहेको हो ।
उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालय अन्र्तगत रहेको नेपाल ईन्टरमोडल यातायात बिकास समिती का ३२ जना कर्मचारीहरुले आफनो दुई सुत्रिय माग राखी आन्दोलनमा उत्रियपछी एकिकृत जाच चौकी भन्सारको काम काज ठप्प भएको छ । २०७४ साल चैत्र ११ गते देखी एकिकृत जाच चौकी ( आईसिपी ) भन्सार बीरगंजमा संचालनमा आएपछी नेपाल ईन्टर मोडल यातायात बिकास समितीले करारमा ३२ जना कर्मचारीहरुलाई नियुक्त गरेको थियो । नेपाल ईन्टर मोडल यातायात बिकास समितीले आफै आईसिपी भित्र भारतबाट आएको मालवाहक गाडीहरुको पार्किड्ड शुल्क उठाउदै आएको मा हाल केही दिन पहिला नेपाल सरकारले उक्त पार्किङको ठेक्का निजी कम्पनी कैलाश र्टिर्मनल जे भी लाई १ सय ८० करोडमा ५ बर्षका लागी टेण्डर मार्फत ठेक्कामा दिएपछी नेपाल ईन्टरमोडल यातायात बिकास समिती का ३२ जना कर्मचारीहरुले आफुहरुले आईसिपी भन्सार २०७४ साल देखी संचालनमा आएको दिन देखी कार्यरत रहेको कारण ५ बर्ष काम गरेको हुनाले ५ महिनाको प्रोत्साहन भत्ता नेपाल सरकारले दिनु पर्ने र आफुहरुको रोजगारीको ग्यारन्टी नेपाल सरकारले गर्नुपर्ने माग रहेको कर्मचारीले बताएकाछन । नेपाल ईन्टरमोडल यातायात बिकास समितीका कर्मचारीहरुले आफुहरुको २ वटा माग पुरा नभए सम्म आफुहरुको आन्दोलन जारी रहने बताएकाछन । उक्त पार्किङको ठेक्का निजी कम्पनी कैलाश र्टिर्मनल जे भीले चैत्र १८ गते देखी पार्किड्ढ शुल्क उठाउन शुरु गर्ने छ भने उक्त पार्किङको ठेक्का निजी कम्पनी कैलाश र्टिर्मनल जे भी ले उक्त ३२ जना मध्ये ६ जना महिला र २६ जना पुरुषहरुलाई काममा नराख्ने सम्भावना भएका कारण कर्मचारी आन्दोलनमा उत्रिएका हुन । उक्त आन्दोलनका कारण आईसिपी भन्सारले दैनिक असुली गर्दै आएको करौडो रुपैया बराबरको राजश्व संकलन प्रभावित भएको छ भने । भन्सार भित्रिएर भारत जाने र भारतबाट आउने सैयोको संख्यामा रहेको माल बाहक गाडी तथा नया कार जिप भ्यान टिपर टूक तथा साना ठूला सवारी साधनहरु अलपत्र परेकाछन ।
तपाईको प्रतिक्रिया