वीरगंज १३ श्रावण
सशस्त्र प्रहरीले भारतबाट अवैधरुपले भित्राएको २६ वटा रङ्गा भैसी नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको मातहतमा रहेका सशस्त्र प्रहरी बल बिओपी प्रसौनीले अवैध रुपमा भित्राएको राङ्गा भैसीहरु पक्राऊ गरी नियन्त्रणमा लिएको हो।
भारतबाट नेपाल तर्फ अबैध रुपमा भैसी तस्करी भई नेपाल तर्फ आउदै गरेको सूचना पाएपछि सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको टोलीले २६ गोटा राङ्गा भैसी पर्साको प्रसौनीबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्न अलौका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक योगेश बरालले बताउनुभयो ा
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सो राङ्गा भैसी बीरगंज भन्सार कार्यालयका कर्मचारी र सशस्त्र प्रहरीको रोहबरमा डाक बराबर गरी ७ लाख ६० हजार रुपैयामा लिलाम भएको सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक बरालले बताउनुभएको छ ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त राङ्गा भैसी ७ लाख ६० हजार रुपैयामा लिलाम भएको बिहिवार पहिलो दिन कबुल गरेर सकार गरेको ब्यक्तीले नलगेपछी शुक्रवार पुन दोस्रो दिन उक्त राङ्गा भैसी ५ लाख २५ हजार रुपैयामा लिलाम भएको थियो ।
सिमा सुरक्षा गुल्म अलौले सिमानाकामा हुने तस्करीमा कडाई गरेपछि पर्साको धौरे ,पकाँहा, खेसराहा र सबैठवा नाका बाट भित्राएको भैसी बरमाद गरेको हो ।
त्यसैगरि पर्सा जिल्लाको पकाहा , सबैठवा र भिखमपुर , महादेवपर्टी , जानकिटोला , पाण्डेपुर लगाएतको नाकाहरु व्यापक रुपमा दिन्हु सयौको संख्यामा भैसीहरु भारतबाट नेपाल तर्फ तस्करहरुले यि सिमानाकामा रहेका युनिटहरुलाई महिनावारी बुझाई भित्राउने गरेको यस्ले प्रमाणित हुन्छ।
तपाईको प्रतिक्रिया