शेखर छत्कुली
बीरगंज २१ श्रावण
पर्सा प्रहरीले गत आर्थिक बर्षमा४८करोड भन्दा बढीको अवैध सामानहरु नियन्त्रणमा लिई राज्शव अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले गत आर्थिक बर्ष ०७९र८० को एक बर्षमा ४८ करोड ९ लाख ६४ हजार ६४६ रुपैया बराबरको अवैध सामानहरु बरामद गरि राज्शव अनुसन्धानमा बुझाएको हो।
पर्सा प्रहरीले सो रकम बराबरको अवैध भन्सार छलि नेपाल भित्राएको खाघान्न , लत्ताकपडा , हाडयेवर, आईसिपी भन्सार वीरगंजबाट भन्सार भई जाँचपास भएको प्रङ्गापन पत्र भन्दा बढी भन्सार छलेर लुकाई छिपाई लगिरहेको ट्रकबाट अवैध सामान बरामद गरेको प्रहरीले आफ्नै कार्य कक्षमा पत्रकार सम्मेलन मार्फत जनाएका छन।
त्यसै गरि प्रहरीले गत आर्थिक बर्षको ०७९र०८० मा विभिन्न किसिमको २२७२ वटा मुद्दा दर्ता गरेको छ भन्ने त्यसमध्ये १८७६ वटा मुद्दा र्फछौट गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।त्यसैगरि पर्सा प्रहरीले मिटर ब्याजीमा निवेदन १३२१ जना माथि परेको छ भन्ने त्यसमध्ये ४९९ जनालाई बोलाई छलफल गर्दा २८० मिलापत्र भएको छ भन्ने २ जना माथि मिटरब्याजी मुद्दा चलाएको एसपी साहले बताउनुभयो ।
प्रहरीले अवैध लागु औषध गाँजा ११६५ किलो, चरेश ११४ केजी , हिरोईन ७८।५ग्राम , फेनारगन ७४८९ एम्पुल , डाईजिल्याब १०४८१ एम्पुल , नुर्फिन ८८४० एम्पुल , नाट्रभेटट्याब्लेट २७७४३ पिस र कोरेक्स ४५६८बोतल सहित ४३७ जना मानिसलाई पक्राउ गरि लागु अौषध कसूरमा ३०२ वटा मुद्दा दर्ता चलाएको हो।
त्यस्तै १करोड ९३ लाख ६६हजा ३सय रुपैया सहित हुण्डी कारोवारमा संलग्न रहेको २२जनालाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा रकम बुझाईएको र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयवाट वित्तीय कारोबार कसुर ऐन अनुसार मुद्धा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शाहले बताउनुभयो।
पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाय तोकेको र बिभिन्न मुद्दामा फरार रहेका १०२० जनालाई प्रहरीले पक्राउ गरि १ करोड ३९लाख ८५हजार १सय ४३रुपैया जरिवाना र ७९ बर्ष १० महिना २६ दिन कैद सहित रकम असुलि गर्ने सफल रहेको पर्सा प्रहरीले जनाएको छ।
यसरीनै प्रहरीले यौनजन्य क्रियाकलाप रोक्नको लागि मानव बेच बिखेन ४,ज।ज।क ऊधोगतर्फ ५ शारीक बन्धक तथा ज।ज।क तर्फ २र शान्ति सुरक्षा सार्वजनिक मुद्दा तर्फ ५६ जना पक्राउ गरि ६७ वटा मुद्दा चलाएको छ भन्ने अवैध काठ ८३९।८४ क्वीफिट सहित ९ जना सहित साईकल ५० , मोटरसाइकल ५ वटा करिब ७ लाख ६४ हजार ९९२ रुपैया बराबरको राजशवमा बुझाएको र घरेलु मदिरा बनाउने भठ्ठी १०३ वटा नष्ट गरि तयारी मदिरा १६४७१ र कच्चापदार्थ ४७६३० लिटर नष्ट गरेको प्रहरी जनाएको हो।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले पर्सामा कार्यभार सम्भालेको दिन देखि तस्करीमा कडाई गरि तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने गरेका छन्।
त्यसै गरि एसपी शाहले हरेक महिनामा प्रहरी अधकृित संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको पहिलो एसपी हुन।जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक शाहले प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई छानबिन समिती गठन गरि कारवाही समेत गरेको बताउनुभयो।
पर्सा जिल्लाको सिमानाका हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएको छन्।भने पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि कमि आएको तथ्यांकमा देखिएको छ।
तपाईको प्रतिक्रिया