logo

कारवाहिको माग गर्दै ज्ञापन आकस्मिक कक्ष बाहेकको सेवा ठप्प

    8/1/2017 गते 00 00 मा प्रकाशित   1061   पटक पढिएको


वीरगंंज, १७ साउन
चिकित्सक माथी हातपात भएको घटनाको विरोधमा मंगलबार  वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्ष बाहेकको सेवा ठप्प गरिएको छ । 
अस्पतालका चिकित्सक र कर्मचारीले दोषिलाई कारवाहिको माग गर्दै अस्पतालको सेवा बन्द गरेर आन्दोलित भएका हुन् । 
केहि दिन अघि अस्पतालको गाइनो वार्डमा कार्यरत डा।चाँदनी पाण्डे, स्टाफ नर्स ज्योति चौधरी र सुरक्षा गार्ड अफताब देवान तथा सादा पोशाकमा रहेका प्रहरी हवलदार अखिल खडकालाई उच्छ्रुङ्खल युवाहरुको समुहले हातपात गरी घाइते बनाएको घटनाको विरोधमा अस्पतालका चिकित्सक र कर्मचारीहरुले सुरक्षाको माग गर्दै सेवा ठप्प पारेर हुन् । 
घटनामा संलग्नहरुलाइ छोड्ने चलखेल भइरहेकाले कडा कारवाहिको माग गर्दै आज अस्पतालका चिकित्सक र कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । 
अस्पतालमा काम गर्ने चिकित्सक, कर्मचारीको सुरक्षाको ग्यारेण्टी गर्नु पर्ने, आगामि दिनमा यस्ता क्रियालाप हुन नदिने र दोषिलाई पक्राउ गरि कारवाहि गर्नु पर्ने माग राखेका छन् । 
घटनामा संलग्नलाई कारवाहि नगरि उन्मुक्ति दिए आफुहरु चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने अस्पतालका बरिष्ठ फिजिसियन डा।निरज सिंहले चेतावनि दिनुभयो । 
यस्ता घटना पटक पटक दोहोरिएकाले अस्पतालमा काम गर्न पनि असुरक्षित महसुस भएको उहाँको भनाइ छ । 
चिकित्सक कर्मचारीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाई ज्ञापन पत्र बुझाउँदै आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए । 
ज्ञापन पत्र बुझदैै सहायक प्रजिअ पौडेलले अस्पताल जस्तो संवेदनशिल ठाउँ असुरक्षित रहनु दुखद भएको भन्दै अस्पताललाई भयरहित बनाउन कुनै कसर बाँकि नराख्ने बतानुभयो । 
घटनामा संलग्नहरुको पहिचान गरि कारवाहि गर्न र त्यस्ता किसिमका गतिविधि नियन्त्रणमा स्थानिय प्रहरीको संयोजनमा काम अगाडी बढाउन लगाउने बताउनुभयो । 
नारायणी उपक्षेत्रीय अस्पतालबाट विभिन्न प्लेकार्ड बोकेर निस्केको चिकित्सक, कर्मचारीको ¥यालि जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रममा परिणत भएको थियो । 
ज्ञापन पत्र बुझाउन मेडिकल एसोसिएसन पर्साका अध्यक्ष डा।जगदिस अग्रवाल, नारायणी उपक्षेत्रीय अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष हरी गुप्ता, नर्सिङ संघकी अध्यक्ष मुना राना लगायत चिकित्सक एवं कर्मचारीको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।