ज्योति विकास बैंक लि द्वारा निशूल्क स्वास्थय शिविर
वीरगन्ज ९ साउन पर्सा जिल्ला स्थित वाल कल्याण गृह विर्तामा आश्रित बालबालिकाहरुको ज्योति विकास बैंक लि.ले आफ्नौ नौ बार्षिकत्सवको उपलक्ष्यमा निशूल्क आंखा, दांत तथा स्वास्थ्य परिक्षण गरिएको छ ।
बैकद्धारा सोमवार आयोजना गरिएको परिक्षण शिविरको बैकको वीरगंज शाखा प्रबन्धक वि१ान शाह सहित कर्मचारीहरुले सामूहिक उदखाटन गरि सचालन गर्नू भयो । शिविरमा वाल कल्याण गृहमा आश्रित बालबालिकाहरुलाई ड.एम.डी. राजा, आदित्य तिवारी र मिथिलेस गिरिले स्वास्थ्य परिक्षण गर्नू भयो ।
परिक्षणको क्रममा बालबालिकाहरुमा भिटामिन ए को कमि, स्किन्ड नेक्टाइमस, बेटज स्पटस जस्ता विमारीहरु देखापरेको चिकित्सकहरुले जनाएका छन् ।
परिक्षणको क्रममा बालबालिकाहरुमा स्वास्थ्यमा देखिएको समस्या समाधानको लागि औषधी र चश्मा निशूल्क वितरण गरिएको बैकका शाखा प्रबन्धकले बताउनू भयो ।
सो अवसरमा सहभागी बालबालिकाहरुलाई खानाको व्यवस्था गरिनूको साथै बालबालिकाहरुको आग्रहमा खेल सम्रागीहरु फूटबल, फुटबल जूता र मोजा समेत प्रदान गरिएको बैकले जनाएको छ ।
तपाईको प्रतिक्रिया