logo

कसरी बच्ने स्वाइन फ्लूको संक्रमणबाट 

    8/11/2017 गते 00 00 मा प्रकाशित   1124   पटक पढिएको

काठमाडौं, २७ साउन । अशिक्षाकै कारण धेरै मानिसलाई विभिन्न किसिमका रोग लाग्ने गरेको छ । त्यति मात्र होइन रोगबारे राम्रो जानकारी नहुनु वा जानकारी नलिएका कारण पनि धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ । पछिल्लो समय देशका विभिन्न जिल्लामा फैलिएको मौसमी रुघाखोकीबारे पनि धेरै मानिसलाई थाहा छैन । स्वाइन फ्लूको संक्रमण फैलिएकोबारे धेरैलाई थाहा छ । तर, आफुलाई कुन संक्रमण लागेको भन्ने कमलाई मात्रै थाहा हुन्छ । 
कतिपय मानिसलाई पहिले स्वाइन फ्लू भनिएको इन्फ्लूएञ्जाको संक्रमण समेत हुनसक्छ । तर, सामान्य रुघाखोकी जस्तै हुने भएकाले धेरैले आफुलाई इन्फ्लूएञ्जा भएको थाहा नहुनु स्वभाविक हो । समान्य भए पनि इन्फ्लूएञ्जाको संक्रमणबाट मानिसको ज्यान जान सक्छ । केही व्यक्तिको ज्यान समेत गइसकेको छ । तर, आम नागरिकलाई इन्फ्लूएञ्जाबाट कसरी बच्ने भन्नेबारे थाहा छैन । देशभर पछिल्लो समय स्वाइन फ्लू अर्थात मौसमी रुघाखोकीको संक्रम फैलिएको हल्ला छ । केही व्यक्तिको यो संक्रमणबाट मृतु भएपछि मात्र यो हल्ला फैलिएको छ । बजारमा स्वाइन फ्लूको हल्ल फैलिएपछि पछिल्लो समय स्वास्थ्य जाँच गराउनेको संख्या बढेको छ । आफुलाई स्वाइन फ्लू लागेको हुनसक्ने आशंका गर्नेहरु मात्र स्वास्थ्य संस्था पुग्ने गरेका छन् । एक महिनायता सामान्य रुघा खोकी र ज्वरो आएकाहरु स्वाइनफ्लुको आशंकाले अस्पताल पुग्ने गरेको चिकित्सकहरु बताउँछन् । काठमाडांैको टेकुमा रहेको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा समेत रुघाखोजी लागेपछि स्वाइन फ्लू भएको आशंकामा स्थास्थ्य जाँच गराउनेको संख्या बढेको छ ।
कसरी बच्ने 
चिकित्सकका अनुसार कोही व्यक्तिले खोक्दा, हाछ्यू गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने गर्नुपर्छ । साबुन पानीले मिचिमिची हात धुने, पोषिलो र झोलिलो पदार्थ प्रशस्त मात्रामा खाने गर्नुपर्छ । त्यस्तै, ज्वरो आएको व्यक्ति खुल्ला तथा हावा ओहोरदोहोर हुने कोठामा बस्नुपर्छ । विरामी व्यक्ति अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा जानु हुँदैन । घरेलु विधीबाट उपचार गर्दा पनि निको नभएमा तत्कालै नजिकैको स्वास्थ्य केन्द्र तथा अस्पतालमा गई स्वास्थ्य जाँच गराएर उपचार गराउनु पर्छ । विरामी व्यक्ति वा शंकास्पद व्यक्तिसंग सकभर संगै नबस्ने, आंखा, नाक तथा मुखमा अनावश्यक हात नलैजाने, सकभर अरु व्यक्तिसंग हात नमिलाउने, संक्रमित ब्यक्तिले प्रयोग गरेको रुमाल, तौलिवा वा कपडा प्रयोग नगर्ने जस्ता सावधानी अपनाउनु पर्ने चिकित्सकको सल्लाह छ । साभार एवीसी न्युज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।