logo

नागरिकता विधेयकले भारतीय नागरिकहरु आन्दोलनमा , आसाम र त्रिपुरामा कर्फ्यु

    12/13/2019 गते 00 00 मा प्रकाशित   462   पटक पढिएको

एजेन्सी,  २६ मंसिर । भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । नागरिक आन्दोलन हिंसा र आगजनीमा परिणत हुन थालेपछि कतिपय राज्यमा सरकारले कर्फ्यु नै लगाएको छ ।
पूर्वोत्तर भारतको आसाम राज्यमा दंगा नै फैलिएको छ । जसका कारण गुवाहाटीमा अनिश्चितसमयका लागि कफ्र्यू नै लगाइएको छ । प्रदर्शनकारीले रेल स्टेशनमै तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीहरु कर्फ्युको अवज्ञा गरेर आन्दोलनमा उत्रिएका छन् । त्रिपुरामा पनि प्रदर्शन थालिएको छ ।
स्थानीय प्रशासनले सेना परिचालन गर्नेसम्मको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय अर्धसैनिक बल र राज्य सुरक्षा बल तैनाथ गरिएको छ । रेल स्टेशनहरुमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको भारतीय मिडियाहरुले लेखेका छन् ।
आसाममा दंगा भड्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आसामी जनताको भाषा, संस्कृति र आधिकार कसैले पनि खोस्न नसक्ने भन्दै शान्त रहन अपील गरेका छन् ।
लोक र राज्यसभा दुबैको बहुमतले नागरिकता विधेयक पारित गरेको हो । बुधबार राज्यसभाको १२६ सांसद पक्ष र १०५ सांसद विपक्षमा उभिएप्छि विधेयक पारित भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो कानुनले वर्षौंदेखि उत्पीडनमा परेकाहरुको पीडा अन्त्य हुने दाबी गरिरहँदा प्रतिपक्षी कांग्रेसले भारतीय संविधानको मूल मर्ममै प्रहार गरेको आरोप लगाएको छ । प्रतिपक्षी कांग्रेसले मात्र नभई ६ सयभन्दा बढी भारतीय लेखक, कलाकार, सिनेकर्मीलगायतले विधेयकले भारतीय लोकतन्त्रको धज्जी उडाएको टिप्पणी पनि गरेका छन् ।
नयाँ नागरिकता कानुनले भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिक रुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका मुस्लिमबाहेकका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतीय नागरिकताका लागि बाटो खोलिदिएको छ ।
विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेर भारतीय संविधानको धारा १४ को समानताको हकसम्बन्धी व्यवस्था उल्लंघन गरेको बताएका छन् । नागरिकता विधेयक विनाशर्त फिर्ता गर्न प्रदर्शनकारीले माग गरेका छन् । उनीहरुले टायर बालेर सडक यातायात अवरुद्ध पारेका छन् । प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको जनाइएको छ । दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनमा साहित्य, कला र सँस्कृतिसँग जोडिएका मानिसको पनि समर्थन छ । लोकसभामा नागरिकता विधेयक पेश गर्नासाथ नर्थ इस्ट स्टुडेन्ट्स् अर्गनाइजेसन ९नेसो० नामक संगठनले १० डिसेम्बरमा गरेको पूर्वोत्तर क्षेत्र बन्द आह्वानमा आसाम, त्रिपुरा, मेघालयसहितका स्थान ११ घण्टासम्म बन्द भएका थिए । बन्दलाई अल आसाम युनियन आसु र अल आसाम गोरखा स्टुडेन्ट्स् युनियन समेतका धेरै संगठनले समर्थन गरेका थिए । 
प्रदर्शनकारीले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पुत्लासमेत जलाएका छन् । गृहमन्त्री अमित शाहले भने धर्मको नाममा राजनीति गर्न खोजेको भन्दै विपक्षीको आलोचना गरेका छन् । साभार एवीसी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।