logo

दोस्रो विश्वयुद्धमा फालेको बम नपड्किएको अवस्थामा जापानमा भेटियो

    8/10/2017 गते 00 00 मा प्रकाशित   1207   पटक पढिएको

टोक्यो, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसरमा सो बम भेटिएको बिहीबार जनाइएको छ । उक्त केन्द्रको परिसरमा मजदुरहरुले सवारी साधन पार्किङ्का लागि पार्किङस्थल निर्माण गर्ने क्रममा खन्दा सो नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ । सुरुमा उक्त सङ्कास्पद बस्तु के हो भनेर मजदुरले खबर गरेर हेरिएको र पछि सो बस्तु नपड्किएको बम नै रहेको भनी पत्तालागेको उक्त परमाणु प्लान्टका प्रवक्ताले जानकारी दिएका छन् । उनका अनुसार काम गरिरहेका बेला मजदुरले सो वस्तु देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले पनि ती मजदुरलाई उक्त कार्यस्थलबाट बाहिर जान नदिई सो निर्माणस्थललाई नै प्रहरीको घेराभित्र पारेर अनुसन्धान गरेको थियो । पछि सो वस्तु बम नै हो र पुरानो हो भन्ने पत्ता लागेपछि उनीहरुलाई छोडिएको छ । हाल उक्त वस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बम ८५ सेन्टिमीटर लामो छ । जमिनमुनी पुरिएको अवस्थामा सो वस्तु रहेको थियो । प्रहरीले अुनसन्धानकर्ताहरु समेत लगाएर गरेको अनुसन्धानबाट सो वस्तु दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई आक्रमण गर्ने क्रममा फालेको बम नै भएको प्रमाणित भएको बताइएको छ । 
उक्त अणुउर्जा केन्द्र सन् २०११ मा जापानमा आएको भीषण भूकम्प र सुनामीका कारण फुटेको थियो । त्यसपछि उक्त केन्द्र आंशिक रुपमा मात्र सञ्चालनमा छ । सो केन्द्रबाट निस्किएको रसायन मानव स्वास्थ्यका लागि हानिकारक रहेको प्रमाणित भएपछि उक्त क्षेत्रबाट लाखौँ नागरिक विस्थापित भएर अन्यत्रै बस्न थालेका छन् । उक्त बम हमलाको ७२ बर्ष पूरा भएको छ । तर अहिले पनि जापानका कतिपय स्थानमा यस्ता नपड्किएका बमहरु भेटिने गरेका समाचारहरु यसअघि पनि आउने गर्दथे । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो । सो बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो ।
 साभार एवीसी न्युज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।