बीरगंज माहानगरपालिकाको आज बसेको बिशेष नगर सभाको बैठकले चालु आर्थिक बर्ष २०७५÷२०७६ को लागी केहि दिन पहिला माहानगरमा गरेको अत्याधिक कर वृद्धी पुन आज बसेको बिशेष भेलाले सर्वसहमतबाट पारित गरेको बीरगंजका मेयर विजय सरावगीले घोषणा गरेपछी सो बिशेष नगर सभामा काग्रेसका वडा अध्यक्ष लगायतका पदाधिकारीहरुले बिरोध गरे । सो भेला समापन पश्चात काग्रेसका पदाधिकारीहरुले बीरगंजको टाउन हलबाट मेयर बिरुद्ध निकालेको बिरोध रयालीमा सहभागीहरु । बीरगंजको नगर सभागृह टाउनहलबाट निकालेको रयाली नगरको आर्दशनगर, माईस्थान, हुदै घण्टाघरमा पुगेर कोणसभा गरेका थिए । कागैसका कार्यकर्ताहरुले आजको बिशेष सभामा मेयर बिरुद्ध नारावाजी समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया