बीरगंज २८ भदौ
नेकपा एमालेले आफनो चुनावी प्रचार प्रसार तिब्र रुपमा अगाडी बढाएको छ ।
असोज २ गते हुन गईरहेको स्थानिय निर्वाचनमा आफनो बीरगंज माहनगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बसुरुदिन अन्सारीले आफनो चुनावी प्रचार प्रसारलाई निरन्तरता दिएकाछन ।
सोही क्रममा एमालेका मेयरका उम्मेदवार अन्सारीले मंगलबार बीरगंजको १६ स्थित नगवामा घरदैलो कार्यक्रम सम्पन्न गरेकाछन ।
उम्मेदवार अन्सारीले बीरगंजको बिभिन्न वडामा गई मतदाताहरु समक्ष बिभिन्न एजेण्डा लिएर मतदाताहरुलाई नेकपा एमालेलाई अत्याधिक बहुमतले विजयी बनाउन आग्रह समेत गरेकाछन ।
मेयरका उम्मेदवार अन्सारीले दैकिन बीरगंज माहानगरपालिकाको ३२ वटै वडाहरुमा घरदैलो कार्यक्रम गरी रहेकाछन ।
तपाईको प्रतिक्रिया