वीरगंज १४ भदौ, नेकपा एमाले वीरगंज महानगरपालिकाका उम्मेदवार बसुरुदिन अन्सारी र डाक्टर श्रीमति संघ पर्सा संग चुनावी बिषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
वीरगंजको वडा नं. १५ मा भएको कार्यक्रममा नेकपा एमालेबाट मेयरका उम्मेदवार देखि वडा सदस्यसम्मका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउनका लागि डाक्टर श्रीमति संघ संग छलफल शुरु गरेको हो । श्रीमति संघ पर्साका अयक्ष पवित्रा गजुरेलको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा नेकपा एमालेबाट वीरगंजका मेयरका उम्मेदवार अंसारी, उपमेयरका उम्मेदवार सोफिया आचार्य, युवा नेताहरु पप्पु सिंह, दिलिप साह, तथा श्रीमति संघका निभा दास, सरिता सिंह, दिपाली चौरसिया, आरती झा, दर्शना झा, निशा सिंह, मीरा कोइराला, ज्योति चौधरी, ज्योति ठाकुर, लुना बनर्जी लगायतकाले नेकपा एमालेका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउनका लागि आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता डाक्टर श्रीमति संघ पर्साका पदाधिकारीहरुले जनाएका थिए ।
तपाईको प्रतिक्रिया