बारा २२ भदौ
कलैया उपमहानगरपालिको वडा नं. १ र ४ मा नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजेश राय यादवले घर दैलो कार्यक्रम तिब्र रुपले शुरु गरेकाछन ।
२१ गते उम्मेदवारी दर्ता गराएपछी बाराको कलैया उपमहानगरपालिकाको वडा वडाहरुमा यादवले घर दैलोलाई निरन्तरता दिएका हुन ।
मेयरका उम्म्ेदवार यादवले कलैया उपमहानगरपालिकालाई स्मृद्ध बनाउन, शिक्षाको विकास गर्न, स्वच्छ सफा उपमहानगर बनाउन, भ्रष्टचारमुक्त उपमहानगर बनाउन, जनता र जनप्रतिनिधि बचिको सम्बन्ध सुमधुर बनाउन, तत्काल जनताका समस्या समाधान गर्न आफनो लक्ष्य सहित अगाडि बढेको मेयरका उम्मेदवार यादवले बताए ।
मेयर उम्मेदवार यादव सहित उपमेयरकी उम्मेदवार रहिमा खातुन, नेपाली कांग्रेसका नगर सभापति पुरुषोतम सिंह पाण्डेय, वडा नं. ४ का वडा अध्यक्ष हरिओम साह सोनार, वडा नं. १ वडा अध्यक्ष धर्मेन्द्र तिवारी, वडा सदस्यका महिला उम्मेदवारहरु लगायत कांग्रेसका उम्मेदवारहले घरदैलो कार्यक्रम गरेका छन । यादवले कलैयाको मुख्य बजार, सोनारपट्टी रोड, गुप्ता हल, कलैया गांउ, राजदेवी टोल, लोहरपट्टी रोडमा घरदैलो कार्यक्रम गरेका थिए ।
तपाईको प्रतिक्रिया