वीरगंज २० भदौ, नेपाल कम्युनिष्ट पार्टी एमालेले बीरगंज माहागरपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १,२,३ को विभिन्न टोलमा आज नेकपा एमालेका जिल्ला संयोजक प्रभु हजरा, वीरगंज महानगरको मेयरको उम्मेदवार बसुरुदिन अंसारी, उपमेयरको उम्मेदवार सोफिया आचार्यले आज मतदाताहरुलाई घरमै गएर भेटघाट गरेकाछन ।
सो घरदैलो कार्यक्रम नेताहरु चिरञ्जीवी आचार्य, अनेमसंघकी केन्द्रिय सदस्य निर्मला देवकोटा लगायतका सयौंको संख्यामा रहेका नेता तथा कार्यकताहरुले घरदैलोमा पुगी नगरको विकासको लागि नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नु भएको थियो ।
त्यसैगरी नेकपा एमाले महानगर समितिको आयोजनामा आज वीरगंज वडा नं. २ मा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका युवा नगर अध्यक्ष इमरान हुसैनको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस वडा नं. २ का प्रस्तावित उम्मेदवार प्रदिप कुमार राउतको नेतृत्वमा सयौंको संख्यमा नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । एमालेमा प्रवेश गरेका नवप्रवेशीहरुलाई पार्टीका नेता प्रभु हजराले टिका माला लगाई पार्टी प्रवेश गराउनु भएको थियो ।
तपाईको प्रतिक्रिया