बीरगंज २७ भदौ
नेकपा एमालेले आफनो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
एमालेले मंंगलवार नेपाल पत्रकार माहाशाखाको सभाहलमा पत्रकार सम्मेलन गरेर आफनो चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
नेपाल पत्रकार महासंघ शाखा, विरगंज पर्साको सभाहल मा नेकपा एमाले विरगंज महानगरपालिकाको प्रतिबद्धता पत्र सहित मेयरका उम्मेदवार बसरुद्दिन अन्सारी, पार्टि का महासचीव ईश्वर पोखरेल, उप–मेयरका उम्मेदवार सोफीया आचार्य, जिल्ला संयोजक प्रभु हजरा, सांसद विचारी यादव, नागेन्द्र चौधरी, रामचन्द्र साह सहितको उपस्थितीमा संयुक्त टोली द्धारा एक साथ पत्रकार सम्मेलन मार्पmत घोषणापत्र सार्वजनीक गरिएको थियो । एमालेले गरेको सार्वजनीक घोषणापत्रमा शिक्षा, स्वास्थय, यातायात, सञ्चार, आर्थिक तथा पुर्वाधार विकास, ग्रीन विरगंज सिटी, पार्कीङ्ग जोन, सरफाई तथा पर्यावरण संरक्षण, समाजीक सुरक्षा तथा विकास, खेलकुद लगायत का योजनाहरु घोषणापत्रमा उल्लेख गरिएको छ । विरगंज महानगरपालिकाको विकास अब केवल नेकपा एमालेले मात्र गर्न सकिने मेयरका उम्मेदवार बसरुद्दिन अन्सारीले बताउनुभयो । कार्यक्रमको अध्यक्ष्ता जिल्ला संयोजक प्रभु हजरा, प्रमुख अतिथी केन्द्रिय महासचीव ईश्वर पोखरेल, विशिष्ठ अतिथीहरु मा सांसद रामचन्द्र साह, नागेन्द्र चौधरी, विचारी यादव, मेयर का उम्मेदवार बसरुद्दिन अन्सारी, उप–मेयरका उम्मेदवार सोफीया आचार्य, पार्टिका नेताहरु मनोज चौधरी, महेश दास, शेख इमरान, र विरगंज महानरगपालिका का ३२ वटा वडाका वडा अध्यक्षका उम्मेदवारहरुको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ का पर्सा शाखा का अध्यक्ष श्याम बन्जाराले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया