logo

पर्यटन मन्त्रालय स् राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक

    12/9/2019 गते 00 00 मा प्रकाशित   1655   पटक पढिएको

काठमाडौं, २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक पाइएको छ । चालू आव २०७६र७७ को प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनअनुसार मन्त्रालयका पाँच राष्ट्रिय गौरवका आयोजनाको काम प्रगति उन्मुख पाइएको हो । मुलुकका राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत २२ वटा आयोजनामध्ये पर्यटन मन्त्रालय मातहत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् । 
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८४ दशमलव २५ र वित्तीय प्रगति ५४ प्रतिशत रहेको छ । सन् २०२० को मार्च महिनाभित्रै सञ्चालनको तयारीमा रहेको टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । विमानस्थलको नयाँ रनवे ‘एचडिपी’ पाइप लेआउट र ‘एचटी’ केवल लेआउट तयार भएको, ट्याक्सी वे मार्किङ कार्य, नयाँ रनवे प्रशासन भवन आइटिबी भवनलगायत निर्माण कार्य जारी रहेको प्रगति विवरणमा उल्लेख छ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । विमानस्थलको कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग यसअघि नै कालोपत्र भइसकेको छ । भ्रमण वर्षको अवधिमै यो विमानस्थलालाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणका उच्च अधिकारीले बताउँदै आएका छन् ।
पर्यटनमन्त्री योगेशकुमार भट्टराईले पनि गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनका लागि विशेष प्राथमिकता दिएको र भ्रमण वर्षको शुभारम्भसँगै विमानस्थल पनि व्यावसायिक प्रयोजनमा ल्याइने बताउँदै आउनुभएको छ । यो आयोजनका लागि दुवै चरणमा गरी रु ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने जनाइएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति तीन प्रतिशत रहेको छ । निर्धारित समय सन् २०२१ भन्दा अगाडि नै सञ्चालनमा ल्याउने गरी आयोजनाको काम प्रभावकारी रुपमा भइरहेको छ । विमानस्थलको हाल एप्रोन एरियामा फायर फाइटिङ वाटर लाइन विस्तार, ह्याङ्गर भवनमा ट्रस, सेन्ट्रल टावर, टर्मिनल भवनलगयत निर्माण कार्य जारी रहेको छ । बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले अपेक्षित गति लिन सकेको छैन । रूख कटानको विवादले आयोजनाको काममा ढिलाइ भइरहेको छ । निजगढ विमानस्थलको हाल वित्तीय प्रगति १५।५ रहेको छ भने भौतिक प्रगति शून्य छ ।
विमानस्थलको चार किल्ला तोक्ने तारबार गर्ने तथा मुआब्जा वितरणको काम भइरहेको छ । ‘साइट क्लियरेन्स’ को खाका तयार गरी मन्त्रालयमा छलफल भइरहेको उक्त विमानस्थलका सम्बन्धमा केही दिनअघि सर्वोच्च अदालतले अन्तरिम आदेश जरी गर्दै विमानस्थलको कामलाई तत्काल अगाडि नबढाउन निर्देशन दिएको थियो । सरकारले निजगढ विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको भए पनि सर्वोच्चको आदेशले आयोजनामा ढिलाइ हुने सङ्केत देखापरेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट एजी लाई छनोट गरेको थियो । बोर्डले प्रस्तावित विभिन्न देशका सात कम्पनीमध्ये मापदण्ड पुगेका आधारमा ज्युरिच एयरपोर्टलाई छनोट गरी विस्तृत प्रतिवेदन माग गरेको थियो ।
अन्तर्राष्ट्रिय मापदण्डको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कूल ८ हजार हेक्टर क्षेत्रफलमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ । ३ हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निर्माण गरिनेछ । यो विमानस्थलले वार्षिक ६ करोड यात्रुको चाप धान्ने बताइन्छ । आरएफपी मूल्याङ्कनपछि उपयुक्त भएमा सार्वजनिक–निजी साझेदारी पिपिपी मा विमानस्थल निर्माण गरिने जनाइएको छ । निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० भइसकेको छ । सरकारले कमभन्दा कम वन क्षति हुने गरी विमानस्थल निर्माण गर्ने जनाएको छ ।
त्यसैगरी मन्त्रालय मातहतको लुम्बिनी विकास कोषको चालू आवको कात्तिक सम्ममा भौतिक प्रगति ८५ र वित्तीय प्रगति ७८ दशमलव ५० रहेको छ । लुम्बिनी क्षेत्रको बृहत्तर गुरुयोजना तयार गरी विकास र प्रवद्र्धन गर्ने काम भइरहेको, रामग्रामको गुरुयोजना तयार भई आरएफपी जारी गर्ने कार्य शुरु भएको तथा पाँच हजार बिरुवाको वृक्षारोपण भइसकेको मन्त्रालयले जनाएको छ । पशुपति विकास कोषको भौतिक प्रगति ६० र वित्तीय प्रगति ४० प्रतिशत रहेको छ । पशुपति क्षेत्र लगायतको गुरुयोजना तयार गरी विकास र प्रवद्र्धन गर्ने मुख्य क्रियाकलाप अघि बढाइएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।