logo

मुलुक समृद्धीको बाटोमा अघि बढिसक्यो – अर्थमन्त्री खतिवडा 

    3/3/2019 गते 00 00 मा प्रकाशित   916   पटक पढिएको

काठमाडौं ,१९ फागुन।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफनो १ वर्षे कार्यकाल पूरा गरिसकेको छ । आफ्नो १ वर्षको अवधिमा मुलुकको आर्थिक समृद्धि बलियो जग हाल्ने काम भएको सरकारको भनाई छ । अर्थविज्ञका रुपमा रहेका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम जस्ता कार्यक्रम सरकारले १ वर्षमा कसको पक्षमा काम ग¥यो भन्ने स्पष्ट गराएको बताउनुभयो ।
सात–नौ महिनामै सरकार परिर्वतन हुने परम्परालाई तोड्दै बनेको यो ५ वर्ष स्थिर सरकारको पहिलो एक वर्षको कार्यकाललाई थोरै भएपनि आशा र अपेक्षा रुपमा समेत लिने गरिएको छ ।
सरकारको एक वर्ष विशेष गरी बिकास निमार्ण भन्दा पनि लामो समयदेखि अल्झिएर बसेका कानुनलाई नया बनाउनमै बितेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारको एक वर्षले देशको आर्थिक समृद्धिको मजबुत जग हाल्ने काम गरेको दावी गर्नुभएको छ । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा कुरा गर्दै अर्थमन्त्री खतिवडाले १ वर्षमा उच्च आर्थिक बृद्धिदरको लागि आधार, अल्पविकसितबाट विकासशील राष्ट्रतर्फ अगाडी बढ्नका लागि आर्थिक सुचाङ्कहरु सकरात्मक बन्दै गएकोले आर्थिक सुधारको आधार वर्षको रुपमा सरकारको काम गरको बताउनु भएको हो । 
सरकारको १ वर्ष कर, राजस्व संकलनले आर्थिक क्षेत्रमा उत्साहजनक परिणाम दिए पनि अर्को वर्ष सरकारको आर्थिक लक्ष्य कसरी अगाडी बढ्ला भन्ने सबैको चासोको बिषय समेत बनेको छ । तर अर्थमन्त्री खतिवडाले सरकारको एक वर्षमा आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता कार्यक्रममा नागरिकको पह“ुचको बढाउने काम भएको दाबी गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, स्वदेशमै रोजगारीका लागि युवा स्वरोजगार कार्यक्रमले हजारांै मानिसलाई रोगजार बनाउने प्रयास १ वर्षको प्रतिफल भएको बताउनुभयो ।
स्थिर सरकारसंगै नेपालमा बैदेशिक लगानीको लागि समेत आकर्षण स्थलको रुपमा हेरिरहेका छन् । ऐन, कानुन तथा एकद्वार प्रणालीबाट उद्योग व्यवसाय नीति पारीत गर्ने तयारी भइरह“दा उद्योग व्यवसायमा समेत लगानीको वातावरण बनिरहेको छ । यस्तै सरकारले आगामी चैत १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ गर्दैछ ।
अर्थमन्त्री खतिवडा सरकारले लगानीको लागि मन्त्रीपरिषदको निर्णयबाटै एकद्वार नीति ल्याइएको र संसदबाट पारित हुने चरणमा रहेकोेले सम्मेलनले निजीक्षेत्रका लागि नेपालमा लगानी भित्र्याउने आधार तयार गर्ने दाबी गर्नुभयो ।
पछिल्लो समय बैकहरुमा देखिएको व्याजदर समस्यालँई बैकिङ तरलताले केही समस्या जस्तो देखिएता पनि राष्ट्र बैंक, बैंक र व्यवसायीहरु बीचको छलफलबाट समस्याको समाधान गर्ने प्रयास भएको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको अर्थमन्त्री भनाइ छ । यसरी पहिलो वर्षलाई सरकारले समृद्धिको आधार तय गर्ने भनेपछि अर्को वर्ष जनताले महशुस गर्ने र देख्नेगरी साच्चिकै देश समृद्धीको बाटोमा हिड्न सक्यो भने साचो अर्थमा मुलुकमा स्थिर सरकार भएको अनुभूति हुनेछ । साभार एवीसी न्युज 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

विहानै देशभर बम आतंक , स्कुल बसमा आगजनी, सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी, 

काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।