logo

ग्रामिण क्षेत्रका किशोरीलाई प्याड बनाउन सिकाउँदै संस्कृति

    3/9/2020 गते 00 00 मा प्रकाशित   910   पटक पढिएको

वीरगञ्ज, २६ फागुन  
 महिनावारी र प्रजनन स्वास्थ्यको विषयमा अँझै पनि तराईको ग्रामिण क्षेत्रका महिलाहरुले खुलेर कुरा गर्न सक्ने अवस्थाको सृजना हुन सकेको छैन ।

तराईमा महिलाहरु महिनावारी तथा प्रजन स्वास्थ्यको विषयमा कक्षामा पढाई हुँदा समेत लजाउने, शिक्षक शिक्षिकाले पनि खुलेर पठनपाठन गराउन अप्ठेरो मान्ने लगायतका समस्याका कारण पर्सा जिल्लाका विभिन्न ग्रामिण भेगमा महिनावारी भएको छ कि छैन भनेर सोध्दा समेत किशोरीहरु नाजवाफ हुने गरेका छन् । फलस्वरुप महिनावारी र प्रजनन स्वास्थ्यका विषयमा किशोरीहरुलाई सचेत गराउन, महिनावारी हुँदा के गर्ने के नगर्ने, प्याडको प्रयोग कसरी गर्ने, विसर्जन कसरी गर्ने लगायतका विषयमा आज पर्साको बहुदरामाई नगरपालिका वडा न। ७ विश्रामपुरमा प्रशिक्षण दिइएको छ ।

मलेशिया सरकारको युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित माई क्रप्स नामक संस्थाको सहयोग, सिर्जनशिल यृुवाहरुको समुह संस्कृति, अवारनेस ३६० र सामाजिक संस्था जिल्ला समन्व समितिको सहकार्यमा निस्शुल्क पुन प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड बनाउने बारे प्रशिक्षण दिइएको हो ।

तालिममा बहुदरामाई नगरपालिका वडा न। ७ र ९ का दुई विद्यालयका ६० जना छात्राहरुको सहभागिता रहेको थियो ।

मलेशियाबाट आएको टोलिले विगत २ महिना देखी सो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा विभिन्न खेलकुद सामाग्री, शैक्षिक सामाग्री वितरण, भवन निर्माण लगायतका विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

तालिममा अन्जु चौहान, सुष्मिता हमाल, सरीता खड्का, विवेक वरनवाल, आयुष पोखरेल, रोहित गुप्ता लगायतले प्रशिक्षण दिएको संस्कृतिका शसीकान्त सर्राफले बताउनुभयो ।

मलेशियाबाट आएका नूर अस्यकिन बिनती हिड्जिर, अहमद थाकिफ बिन कामदानी, सीती नादिया बिन्टी जकारिया, नोरिजान बिन मोहम्मद र शु जियान लिम लगायतले सहयोग गरेको संस्कृतिका किरण गिरीले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

विहानै देशभर बम आतंक , स्कुल बसमा आगजनी, सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी, 

काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।