बीरगंज १७ भदौ
सशस्त्र प्रहरी परिवार महिला संघको १६औं वार्षिक साधारणसभा शुक्रवार समपन्न भएको छ ।
सशस्त्र प्रहरीको महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठकोे प्रमुख आतिथ्यमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
सो साधारण सभा कार्यक्रममा संघको वार्षिक आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा संघकी अध्यक्ष श्रीमती श्रेष्ठ तथा उपाध्यक्षहरु श्रीमती आशा शाही, श्रीमती मुना ओझा, श्रीमती सरिता खनाल, श्रीमती सीता थापा र श्रीमती दीपा पौडेल लगायत संघका कार्यकारिणी पदाधिकारी एवं अन्य साधारण सदस्यहरुका बीच संघले समाज सेवाको क्षेत्रमा विगतमा गरेका कार्यहरुको समिक्षा र आगामी कार्यक्रमबारे अन्तरक्रिया समेत गरिएकोे थियो ।
साधारण सभालाई सम्बोधन गर्नुहुदै संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठले समाजसेवाको क्षेत्रमा नवीन कार्यक्रमहरु संचालन गर्दै संघले निःस्वार्थ सेवा भावनाले कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले विसुद्ध सामाज सेवाको उद्देश्यका साथ स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघले आगामी दिनहरुमा समेत सिर्जनात्मक ढंगबाट सामाजिक सेवामा सक्रिय आफुहरुको भुमिका रहिरहने संघकी अध्यक्ष श्रीमती श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा संघकी सदस्य सचिव श्रीमती सरस्वती पाण्डेले संघको वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने साधारण सभामा संघकी कोषाध्यक्ष श्रीमती सुनिता श्रेष्ठले आर्थिक वर्ष ०७३÷७४ को वार्षिक आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
संघको लक्षित उद्देश्य र समाजसेवाको क्षेत्रमा संघबाट भइरहेका विविध गतिविधि तथा आगामी कार्यक्रमहरुबारे साधारणसभामा विस्तृत छलफल भएको थियो ।
शिक्षा, स्वास्थ्य, सरसफाईका क्षेत्रहरुमा सेवामूलक एवं सचेतनामूलक कार्यक्रहरु संचालन गर्ने देखि विपद प्रकोप पीडितलाई सहयोग, वाहालवाला तथा वीरगति प्राप्त सशस्त्र प्रहरीका कर्मचारीका जेहेन्दार सन्ततीलाई छात्रवृत्ति, असाहय वाल वालिका एवं बृद्ध बृद्धाहरुलाई विभिन्न सहयोग, विपन्न समुदायका छात्राहरुलाई आवासीय सुविधा सहित निःशुल्क अध्ययनको व्यवस्था लगायत संघले सामाजिक सेवाका विविध कार्यहरु गर्दै आएको कुरा समेत त्यस अवसरमा चर्चा गरिएको थियो ।
सो संघले आगामी दिनहरुमा समेत समाज सेवाको क्षेत्रमा संघको क्षमताले भ्याएसम्म अझै प्रभावकारी एवं रचनात्मक ढंगले सशस्त्र प्रहरीको महिला संघ अग्रसर रहने प्रण गरेको छ ।
त्यस अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघका कार्य कारिणी पदाधिकारी एवं संघका साधारण सदस्यहरुको समेत उपस्थिति रहेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया