वीरगंज ३० भदौ,
युवा जनशक्ति समाज नेपाल आदर्शनगर–३ वीरगंजले एक जना गरिब असहायको लागि सहयोग गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १ छपकैया बस्ने अलिअखबर मियाको श्रीमती आयसा खातुनको पथरीको अपरेसनमा युवा जनशक्ति समाज नेपालले अपरेसनमा लाग्ने सम्पुर्ण औषधी सहयोग गरेको हो ।
खातुन गरिब परिवारकी नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना रहेकी र उनको आर्थिक अवस्था कमजोर रहेकोले सो समाजले अप्रेशनमा आवश्यक पर्ने सम्पूर्ण औषधी तथा खानपान सामग्रीहरु सहयोग गरेर उदारहनिय कार्य गरेको छ ।
समाजका अध्यक्ष बिनेश पटेलको नेतृत्वमा उपाध्यक्ष उमेश कुमार गुप्ता, कोषाध्यक्ष किरन पटेल, सचिव करन पटेल, सहसचिव मो.मेहफुज रफि खान, सदस्यहरु दिपा सर्राफ, सुशिला देवकोटा, अमज्द अंसारी लगायतकाले विशेष सहयोग गर्नु भएको अध्यक्ष पटेलले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया