रौतहट ३ पुस ।
गौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत साहले सो वडामा रहेको ईस्लामिक मदरसालाई अति आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । गौर स्थित राईस मिल मैदान नजिकै रहेको सो मदरसामा घुम्न जाँदा सो मदरसाका करिब २ दर्जन विधार्थी भुई मै बसेर पढन बाध्य रहेको हेर्दा आफ्नो मन चिसिएको भन्दै साहले करिब ७० हजार रुपैयाको लागतमा सो मदरसालाई काठको खाट ४ थान, पटिया १० थान, कुर्सि १० थान र काँपी कलम हस्तान्तरण गरेको बताएका छन् । सोमबार साँझ गौर नगरपालिका का उपमेयर किरण ठाकुर, कार्यालयका निमित्त प्रमुख सरोज लालदास लगायत समाजका अगुवाहरुको सहभागीतामा सो सामग्री वितरण गरिएको हो । गौर नगरपालिकामा निर्वाचित भएका अन्य वडा अध्यक्षहरु मध्ये साहको कार्य सम्पादनको शैली फरक ढंगको रहेकोले सो बाट आफुहरुलाई पनि उर्जा प्राप्त भएको उपमेयर ठाकुरले बताएकी छिन् ।
तपाईको प्रतिक्रिया