वीरगंज, ८ साउन, भारतको शैक्षिक संस्था शंकरा ग्रुप अफ इनस्टिच्युट राजस्थानले वीरगंजमा आफ्नो सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।
वीरगंजको मुख्य सडक छेउमा रहेको पंम्पं विल्डिङ्गमा सोमवार एक कार्यक्रमको विच सम्पर्क कार्यालयको उद्घाटन संचारकर्मी संजिव क्षेत्रीले गरेकाछन । नेपाली विद्यार्थीहरुलाई सहज रुपमा शंकरा ग्रुप द्धारा संचालनमा रहेको शैक्षिक संस्थाहरुमा अध्ययापनका निम्ती पठाउँन तथा शैक्षिक परामर्श प्रदान गर्नका लागि शंकरा ग्रुपले सम्पर्क कार्यालय वीरगंजमा खोलेको हो । कार्यालयको उदघाटन
एक कार्यक्रमको बिच भब्य रुपमा गरिएको थियो । कार्यालयको उद्घाटन नेपालका चर्चित कार्यक्रम प्रस्तोता तथा हास्य कलाकार संदिप क्षेत्रिले रिवन काटेर कार्यालयको उदघाटन गरेका थिए ।
उच्च शिक्षाका लागि नेपाली विधार्थीहरुको पहिलो रोजाईमा रहेको भारतका कलेजहरुमा पठाई दिने भन्दै शैक्षिक परामर्श दिने संस्थाहरु मोटो रकम ठगी गरि रहेको अवस्था सचालनमा आएको कार्यालयले नेपाली विधार्थीहरुलाई सोजै कलेजसँग लिकं जोडने र गरिव असहाय बिधार्थीहरुका लागी बढी प्राथमिकता दिने राजपाका नेता राजेशमान सिहले सो कार्यक्रममा वताउँनुभयो ।
यो कार्यालय शंकरा ग्रुप द्धारा नै संचालन हुने भएकोले शंकरा ग्रुप द्धारा संचालित शैक्षिक संस्थाहरु अध्ययनका निम्ती जान कुनै किसिमको कमिशन तथा अतिरिक्त शुल्क तिर्न नपर्ने वताइएको छ ।
उद्घाटन कार्यक्रममा राजपाका नेता प्रेमबावु पटेल, राजपाका नेतृ रम्भा मिश्रा, शंकरा ग्रुप अफ इनस्टिच्युटका सल्लाहकार एस आर द्धवेदी लगायत वीरगंजका विभिन्न कलेजका प्रतिनिधि, संचारकर्मी, शैक्षिक क्षेत्रसँग आवद्ध व्यत्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया