काठमाडौं, सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय लगायत सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रक्तदान कार्यक्रममा संचारकर्मी, स्थानीय व्यक्ति, विभिन्न विद्याका राष्ट्रिय खेलाडी, नेपाल पूर्व सशस्त्र प्रहरी संघ, सशस्त्र प्रहरी परिवार महिला संघ तथा सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।
सबै ठाउँमा गरी बिहीबार दिउँसो सम्म करीव ८ सय प्वान्ट रक्तदान गरिएको छ ।
बलको प्रधान कार्यालयमा भएको रक्तदान कार्यक्रममा कान्तिपुर पब्लीकेशनका एजीएम महेश स्वार, राजधानी दैनिकका रोशन श्रेष्ठ, कारोवार दैनिकका मातृका दाहाल, सेतोपाटी डटकमका प्रकाश ढुंगाना लगायत विभिन्न महानुभावहरुले समेत स्वस्फुर्त रुपमा रक्तदान गर्नुभयो ।
यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत वरिष्ठ अधिकृत तथा विल्लादार जवानहरु तथा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत लगायत भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुले समेत रक्तदान गर्नुभएको छ ।
सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिन सशस्त्र प्रहरी बल नेपालले देशभर रहेका सशस्त्र प्रहरी बलको बाहिनी मुख्यालयहरु तथा प्रधान कार्यालयमा ‘सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रमको आयोजना गर्ने कार्यको यस वर्षबाट थालनी गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो कार्यक्रममा सहभागीता जनाउनु भएका सबै प्रति आभार प्रकट गर्नुहुँदै सशस्त्र प्रहरी बलले सम्माननीय प्रधानमन्त्रीको ‘समृद्ध नेपाल, सुखी नेपालीको महान अभियान तथा माननीय गृहमन्त्रीबाट शान्ति सुरक्षा सुशासनबाट विकास र त्यसैबाट समृद्ध नेपाल बनाउन सुरक्षाकर्मी सदैव लाग्नुपर्छ भन्ने विषयलाई समेत मनन् गरी देशलाई भ्रष्टाचार मुक्त बनाउने क्रममा सशस्त्र प्रहरी बल नेपाल कटिवद्ध रहदै देशको सीमानालाई सुरक्षीत बनाउँदै औद्योगिक सुरक्षा तथा आपद विपदका वेला अहोरात्र खटिई सीमा अपराध नियन्त्रण गर्दै जनताको सेवा, सुरक्षा, सहयोग र आपत विपदमा उद्वारको कार्यमा संगठनका सम्पूर्ण राष्ट्रसेवकहरु पसिना बगाएर अहोरात्र खटिई रहेको यस अवस्थामा मृत्यु र जीवनको दोसादमा रहेका आम नागरीकहरुलाई रक्तदान गरी जीवनदान दिनुपर्छ भन्ने अभियानका साथ संगठनले रक्तदान कार्यक्रमलाई सबै एपीएफ इकाईहरुमा निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रममा उपस्थित संचारकर्मीहरुले सशस्त्र प्रहरी बल र संचारकर्मीको भावना एक ठाउँमा रहेकोमा अब सशस्त्र प्रहरी संग रगत पनि मिसीएको बताउदै प्रेस, स्थानीय र सशस्त्र प्रहरी एकै ठाउँमा रहेर गरिएको उक्त रक्तदान कार्यक्रमलाई महत्वकासाथ लिइएको बताउनुभयो ।
देशमा रगतको कमी भईरहेको भनि समाचारहरु आईरहेको वेला संगठनको तर्फबाट योगदान पु¥याउने अभिप्रायले अभियानकै रुपमा रक्तदान कार्यक्रमलाई अगाडी सारिएको हो ।
संगठनले रक्तदानबारे सशस्त्र प्रहरी कर्मचारीहरुमा चेतना अभिवृद्धि गर्ने उद्देश्य समेत लिएको छ । संगठनले रगतको अभावमा जीउ जोखिममा पर्नसक्ने नागरीकलाई रगत प्रदान गर्नेतर्फ ध्यान पु¥याउँदै आगामी दिनहरुमा अशक्त विरामीहरुका लागि नजिकको सशस्त्र प्रहरी बलको व्यारेकका इच्छुक सशस्त्र प्रहरी कर्मचारीबाट रक्तदान गर्ने व्यवस्था समेत मिलाइएको छ । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनतकुमार बस्नेत, किशोरकुमार लामा र दुर्ज कुमार राईको समेत उपस्थिती रहेको सशस्त्र प्रहरी वलको प्रधान कार्यालय हलचौक काठमाण्डौका सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताउनु भएको छ ।
( )
तपाईको प्रतिक्रिया