logo

दुःखमा हिमानी कोष सदैव साथमा छः पूर्व युवराज्ञी हिमानी

    8/24/2017 गते 00 00 मा प्रकाशित   1021   पटक पढिएको

वीरगंज, ७ भदौ÷पूर्व युवराज्ञी श्री हिमानी राज्यलक्ष्मी देवी शाहले देशमा आएको बाढीेबाट भएको मानवीय क्षतिप्रति दुख व्यक्त गर्नु भएको छ 
हिमानीले बाढीेबाट घरबार विहीन भई प्रभावित भएका जनताहरू प्रति गहिरो दुःख प्रकट गर्दै आफूहरू जनताको दुःखमा सदैव साथ रहेको बताउनु भयो ।

    पर्सा र बारा जिल्लाका बाढी प्रभावित जनताहरूलाई राहत प्रदान गर्न बीरगंज आइपुग्नु भएकी पूर्व युवराज्ञी शाहले सिमरा स्थित विमानस्थलमा चन्द्रसूर्य वाणी राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक सन्तोष मिश्रा र रिपोटर्स क्लव नेपाल पर्सा अध्यक्ष कन्हैया गुप्ता लगायतका संचारकमीहरु स“गको भेटमा सो कुरा बताउनु भएको हो ।

    हिमानी कोषकी अध्यक्ष समेत रहनु भएकी शाहले संचारकर्मीहरु स“ग कुरा गर्दै देशमा बाढी आइरह“दा आफूहरू देशबाहिर भएको हु“दा जनता सामु पुग्न केही ढिलो भएपनि हामी नेपाली जनताको हरेक सुख दुःखमा सदा सहयोग गर्ने तत्पर रहेको बताउनु भयो ।

    पूर्व युवराज्ञी शाहले पर्सा बारा रौतहट लगायतका क्षेत्रमा बाढीबाट भएको क्षति र त्यहा“का जनताको जनजीवनबारे चासो व्यक्त गर्नु भएको थियो ।

    यस अघि बुधवार विहान बारा र पर्साका प्रमुख जिल्ला अधिकारीको समन्यमा पर्साको पोखरीया र बाराको भलुहींका ५०० बाढी पीडित परिवारलाई हिमानी कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले राहत प्रदान गर्नु भयो ।

    उक्त राहत वितरण कार्यक्रममा पूर्व युवराज्ञी हिमानी शाहस“गै पूर्व नव युवराज ह्दयेन्द्र वीर विक्रम शाह, नव युवराजकुमारी कृतिका राज्यलक्ष्मी देवी शाह, हिमानी ट्रस्टकी सदस्य सचिव  श्री मल्ल, सल्लाहकार अनिता केसी,  फाइनान्स अफिसर अदिती सिंह, फिल्ड कोअर्डिनेटर हेमन्त दाहाल, बोर्ड प्रतिनिधि सवन्ना वैद्य लगायतको उपस्थिति रहेको थियो ।

    हिमानी कोषले बाढीपीडितका प्रति परिवार त्रिपाल, १० किलो चामल, पहेलो÷कालो दाल ५ किलो, नुन तीन प्याकेट, खानेतेल १ लिटर,  चिउरा तीन किलोग्राम, विस्कुट ६ प्याकेट लगायतका सामग्री प्रदान गरेको कोषकी सदस्य सचिव श्री मल्लले जानकारी गराउनु भयो ।

    पूर्व क्षेत्रका बाढी पीडित कहा“ पनि हिमानी कोषले योजना बनाई छिट्टै पुग्ने कोषकी सदस्य सचिव मल्लले बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।