वीरगञ्ज, वीरगञ्जमा आइतबार देखि २ दिने नेपाल–भारत साहित्य महोत्सव–२०१८ सुरु हुने भएको छ ।
नेपाल–भारत सहयोग मञ्च, ग्रीन केयर सोसाइटी, भारत र हिमालिनी मासिकको संयुक्त आयोजनामा महोत्सवहुनलागेको हो ।
आयोजकले बिहीबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सवको उद्घाटन प्रदेश नम्बर २ का मुख्यमन्त्रीलालबाबु राउतबाट हुने महोत्सव आयोजक समितिका अध्यक्ष अशोक कुमार वैधले शुक्रवार बीरगंजको जैन धर्मशालामा संचारकर्मीहरुलाई बताए ।
उद्घाटन समारोहमा आचार्य महा श्रमणका विदुषीशिष्या डा. चारित्र प्रज्ञाको पनि सहभागिता रहने वैधले बताए । नेपाल र भारतका विभिन्न स्थानबाट २ सय ५० जना साहित्यकारहरूको सहभागिता रहने महोत्सवमा साहित्य वाचन र अन्तरक्रियात्मक कार्यक्रमहरू समावेश गरिने संयोजक गणेश लाठले बताए । सो अवसरमा साहित्य रचनाको प्रदर्शनीको पनिव् यवस्था मिलाइएको लाठले बताए ।
त्यस अवसरमा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु हुने नेपाल र भारतका साहित्यकारहरूलाई सम्मानित गर्ने कार्यक्रमसमेत रहेको आयोजकले जनाएकोछ । महोत्सवमा नेपालर भारतका साहित्य प्रेमीहरू बीच साहित्यका विविधविधा र अवयवकाबारेमा वृहत विमर्श हुने लाठले बताए। महोत्सवबाट साहित्यिक, सांस्कृतिक र सामाजिक सहकार्य एवम् आपसी सद्भाव अभिवृद्धि हुने विश्वास आयोजकको रहेको छ ।
तपाईको प्रतिक्रिया