वीरगंज ९ भदौ, अल हेरा एजुकेशनल सोसाइटी नेपाल पर्साले आज वीरगंजमा शैक्षिक बृत्ति तथा पेशागत विकास तालिम सुरु गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं। १४ स्थित इस्लामिक कल्चरल सेन्टर, गण्डकक चौक बबहुवरी पर्सामा आज देखि नेपालको विभिन्न भागमा रहेका मदरसा तथा विद्यालयहरुमा कार्यरत प्रधानाध्यापकहरुको लागि २ दिने शैक्षिक वृत्ति तथा पेशागत विकास तालिमको शुरु भएको हो ।
२ दिने शैक्षिक वृत्ति तथा पेशागत विकास तालिमको पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले एक समारोहका बिच उदघाटन गर्नु भएको थियो । इस्लामि संघ नेपालका अध्यक्ष मौलाना खुर्सिद आलमको अध्यक्षतामा भएको २ दिने शैक्षिक वृत्ति तथा पेशागत विकास तालिमको कार्यक्रममा एमइएस स्कूल छपकैयाका अफजल हुसैन, इस्लामिक संघ नेपालका जुलफकार अली, जेन्ट जेभियर्स विद्यालय वीरगंजका शशि भुषण प्रसाद लगायत करिब ३० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई जिल्ला शिक्षा कार्यालयका मञ्जुर आलम, ठाकुरराम बहुमुखि क्याम्पस वीरगंजका प्राध्यापक रामबाबु मण्डल, प्रोफेसर समसुल हक, इद्रिस मिया, आयोजक संस्थाका महासचिव गुलाम रसुल फलाही, मौलाना खुर्सिद आलम, मौ। नजरुल हसन, डा, समिम अहमदले प्रशिक्षण दिनु हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया